सामाजिक कार्यमा लम्किए धुर्कोटे युवा, स्थापनाको तेस्रो दिनबाटै चम्कियो छल्दी युवा क्लब  

१७ फाल्गुन २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट / गुल्मी –छल्दी युवा क्लब धुर्कोट गाउँपालिका ५ बस्तुले आज औपचारिक सरसफाई अभियानको औपचारिक रुपमा उद्घाटन गरेको छ । उद्घाटन सत्रमा धुर्कोट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष ढुण्डिराज भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो त्यस्तै बिशेश अतिथी क्लबका सल्लाहकार सदस्य तथा अधिवक्ता बोमलाल भण्डारी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको कार्यक्रम उपस्थित रहेको थियो ।

क्लवका उपाध्यक्ष करिस्मा भण्डारीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको क्लबका कोषाध्यक्ष सुरज पाण्डेले क्लबको भाबी योजना तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भण्डारीले क्लबको उन्नतीको कामना गर्दै गुवाहरुको यो प्रयासलाई सक्दो सहयोग र सहकार्य गर्ने कुरा बताउनुभएको थियो । साथै अस्थायी प्रहरी चौकी रोदि लामडाडाको समन्वय र क्लबका सदस्यहरुको सकृयतामा सरसफाई अभियानको सुरुवात गरिएको थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष एबम कार्यक्रमका सभापती सुबाश पाण्डेले क्लबलाई जनसमुदायको सहयोग अपरिहार्य रहेको बताउदै स्थानिय बुद्धिजिवि एबम विभिन्न संघसंथाले सहयोग गर्न अपिल गर्नु भएको थियो । साथै उहाले हाम्रो क्लबलाई सहयोग गर्ने धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुलाई आभार प्रकट गर्नु भएको थियो । साथै क्लबले प्रत्येक सनिबार विभिन्न स्थानमा निरन्तर सरसफाई अभियान समेत सञ्चालन गर्ने उहाँले सबलपोस्टलाई बताउनुभयो । पहिलो चरणमा झण्डै सय बढी ब्यक्तित्वको उपस्थितिमा धुर्कोट गाउपालिका ५ बस्तुको धनार्जी देखि रोदि सम्म सरसफाई अभियान सञ्चालन भएको थियो । कार्यक्रमको सञ्चालन सदस्य शोभाखर भण्डारीले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण