घुम्टे युवा परिवारको होली पूर्णिमा मेलाको तयारी तयारी तिव्र

प्रकाशित मिति:

कौरव खत्री/बागलुङ सामाजिक संस्था घुम्टे युवा परिवारले आफनो गौरवमय ३५ औं वार्षिकोत्सव तथा होली पूर्णिमा मेला फागुन २३ गते देखि २६ गते सम्म मनाउँदै छ । मेला नजिकिदै गर्दा तयारी पनि तिव्र पारिएको छ ।मेलामा बृहत कृषि प्रदर्शनी, वडा स्तरीय पुरुष भलिवल, सामुहिक लोक नृत्य, पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गरिएको छ । मेलामा स्थानिय कला संस्कृति झल्कने झाँकी, नौमती बाजासँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु हुँदै छन ।

सोही अवसरमा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु लोक तथा दोहोरी गायिका विमा कुमारी दुरा, विष्णु खत्री, बसन्त थापा ईश्वर सिंह, राम खत्री लगायतको सांगतिक प्रस्तुती रहने संस्थाले जनाएको छ । मेलाको तयारीको निमित्त आज वडा स्तरीय बैठक सम्पन्न भएको छ ।बैठकमा प्रायोजक तथा सहयोगदाताहरुको विवरण प्रस्तुत गरिएको थियो । बैठकले मेलालाई सभ्य र भव्य रुपमा सफल पार्नको निमित्त विभिन्न उपसमितिहरु चयन गरेको छ ।

सोही अवसरमा पिताम्बर गौतमको संयोजकत्वमा ९ सदस्यीय कृषि मेला व्यवस्थापन समिति, जीवन साहानीको संयोजकत्वमा ५ सदस्यीय खेलकुद, राजकुमार दर्जीको संयोजकत्वमा ३ सदस्यीय सांस्कृतिक, शिव बहादुर कार्कीको संयोजकत्वमा ३ सदस्यीय रस्साकसी व्यवस्थापन, ज्ञान बहादुर थापाको संयोजकत्वमा ५ सदस्यीय झाँकी तथा नौमति व्यवस्थापन, दुर्गा बहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय अतिथि सत्कार, लोक बहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय सुरक्षा परिचालन, सरोज थापाको संयोजकत्वमा ३ सदस्यीय प्रचार प्रसार, भरत केसीको संयोजकत्वमा ३ सदस्यीय साउण्ड सिष्टम व्यवस्थापन, रामचन्द्र गौतमको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार व्यवस्थापन, सन्त बहादुर भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन, राम बहादुर थापाको संयोजकत्वमा मञ्च व्यवस्थापन, दुर्गा बहादुर थापाको संयोजकत्वमा प्राथमिक उपचार र प्रकाश थापाको संयोजकत्वमा ३ सदस्यीय खाजा व्यवस्थापन समिति चयन गरिएको संस्थाले जनाएको छ ।संस्थाले स्थापनाकाल देखि होली पूर्णिमा मेलामा आफनो वार्षिकोत्सव मनाउदै आईरहेको छ । बैठकमा वडा स्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, युवा वर्ग, आजीवन सदस्य, शुभेच्छुकहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।बैठक घुम्टे युवा परिवार मल्म गलकोट बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सह सचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।