लिभरपुलको अपराजित यात्रामा पूर्णविराम

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं / प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।शनिबार राति भएको खेलमा रेलिगेशन जोनबाट बच्न संघर्षरत वाटफोर्डले लिभरपुललाई ३–० ले हराएको हो ।ईस्माइला सर्रले दुई तथा कप्तान ट्रोय डेनीले एक गोल गरेपछि लिभरपुलको सिजनको अपराजित यात्रामा पूर्णविराम लागेको हो ।पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा घरेलु टोली वाटफोर्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।

सर्रले ५४ औ मिनेटमा गोल गर्दै वाटफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ६० औ मिनेटमा उनैले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।कप्तान डेनीले ७२ औ मिनेटमा गोल गर्दै वाटफोर्डको शानदार जीत सुनिश्चित गरेका थिए ।लिभरपुलले प्रियिमर लिगका पछिल्ला १८ खेलमा जित निकालेको थियो । प्रिमियिमर लिगमा शीर्ष स्थानको लिभरपुललाई २२ अंकको अग्रता प्राप्त छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया