राधे इदमा प्रदर्शन हुने

प्रकाशित मिति:

एजेन्सी /सलमान खानको बहुप्रतिक्षित फिल्म ुराधे( यु आर मस्ट वान्टेड भाइुको प्रदर्शन मिति तय गरिएको छ। यशराज फिल्मसले निर्माण गरेको फिल्म यही वर्षको इदको अवसरमा मे २२ मा प्रदर्शनमा आउनेछ।

यससँगै यशराज फिल्मसले फिल्मको पोस्टर पनि सार्वजनिक गरेको छ। पोस्टरमा सलमान खानको एक्सन अन्दाजवाला तस्बिर हेर्न सकिन्छ। फिल्मको टिजर छिट्टै सार्वजनिक गरिने बताइएको छ। फिल्मलाई प्रभु देवाले निर्देशन गरेका छन्।फिल्ममा सलमान खान र दीशा पाटनीको मुख्य भूमिका रहनेछ। त्यसका अलवा रणदीप हुडा, ज्याकी श्राफ पनि फिल्ममा देखिनेछन्।इदमा प्रदर्शन हुने सलमान खानको यो आठौं फिल्म हो। उनी प्रायजसो इदमै आफ्नो फिल्म प्रदर्शनमा ल्याउने गर्छन्।