पुस्तकमा कर ज्ञानमा बिर्को

प्रकाशित मिति:

गरिब जनतालाई थुपार्यौ सरकार
कर माथी नै कर
हे सरकार के यहि परिवर्तन हो
कति भन्छौ अझै भर पर

अर्थतन्त्र सुदृढ गर्छु भनी नीति
ल्यायौ बनायौ कति
के होला अब देशमा खै
पुस्तकमा कर लाउनेहरुको गति

संविधान प्रद्दत अधिकार यहाँ
कति सस्तो भयो
ज्ञानको स्रोत पुस्तकमा भन्सार
नेपाल यो कस्तो भयो

के हो यो लोकतन्त्र हो कि लूटतन्त्र
गणतन्त्र र स्वतन्त्रता बुझ्छु म
ज्ञानको स्रोतमा कर नलेउ सरकार
बरु ढुकुटी रित्याउने उपाय खोज्छु म

सरकार सक्छौ कर लगाउ
महङ्गा गाडी मदिरा अनि धूम्रपानमा
अन्तराष्टिय मान्यता छैन कतै यस्तो
शिक्षाको गति हेर कस्तो छ जापानमा

सक्छौ भ्रष्टाचार नियन्त्रण गर
देश कमजोर भैसक्यो
पुस्तकमा दश प्रतिशत कर हेर
नेपाल चुक्दै गैसक्यो

बिन्रम अनुरोध बिन्ती गर्दछौं
ज्ञानको महत्त्व बुझौ
शिक्षा सबैको नैसर्गिक अधिकार हो
अब आफ्नो दायित्व खोजौ

खगेश चन्द ,कानुन अध्ययनरत बिद्यार्थी