कोरोना भाइरसका कारण अस्ट्रेलियामा पनि एक जनाको मृत्यु

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


अस्ट्रेलिया/ कोरोना भाइरसका कारण अस्ट्रेलियामा एक व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो ।कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।पर्थ स्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा आसियूमा राखेर उपचार गरिदैं आइए उनको आइतबार विहान निधन भएको हो।ती व्यक्ति आफ्नी पत्नीसहित जापानको क्वारेन्टाइनमा परेको डायमन्ड प्रिन्सेन क्रुज सिपका यात्री मध्येका एक हुन् ।

उनकी पत्नीमा पनि परिक्षणका क्रममा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई पनि सुरक्षित तवरले उपचार गरिदैं आइएको छ ।वेस्ट अस्ट्रेलियाका स्वास्थ्य अधिकारी डा। एन्ड्रयू रोबर्टसनले मृत्युअघि ती व्यक्तिले आफ्नी पत्नीसँग कुरा गर्न पाएका थिए ।कोरोनासंक्रमणबाट पहिलो मृत्यु भएपनि मानिसहरू डराउनुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ । २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा