कलंकीमा सडकबाट लडेर एक जनाको मृत्यु

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ /कलंकीमा गएराति एक जनाको सडकबाट लडेर मृत्यु भएको छ।शनिबार राति साढे ९ बजेतिर बल्खुबाट कलंकीतिर जाने सडकको मेनलेनबाट सर्भिस लेनमा खसेर ती पुरूष घाइते भएका थिए।राति साढे ९ बजेतिर प्रहरी घटनास्थलमा पुग्दा उनको मुखमा चोट पटक लागेको थियो,’ प्रहरी प्रभाग कलंकीमा सहायक निरीक्षक ओमकार चन्दले भने,‘हामीले उपचारका लागि ट्रमा सेन्टरमा पठाएका थियौं। उपचारका क्रममा मृत्यु भएछ।’

ती व्यक्तिको पहिचान भने खुल्न सकेको छैन।माथिल्लो सडकमा उनका लुगा, रूद्राक्षको माला र पाँच(दशका केही नोट थिए,’ चन्दले भने,‘माग्ने जोगी हुन् कि जस्तो लागेको छ तर पहिचान खुलेको छैन।’

फेसबुकबाट तपाईको प्रतिक्रिया