असिनाले हिउँदेबालीमा नोक्सान

प्रकाशित मिति:

डोटी/ डोटीको पूर्वीचौकीमा शनिबार साँझ परेको असिना पानीले हिउँदे बाली नष्ट गरेको छ ।गहुँ, जौँ, तोरी, तरकारी लगायतका बालीमा असिना पानीले नोक्सानी पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्‍यो ।’ पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भने,’ क्षतिको मूल्याङ्कन हुन बाँकी नै छ ।’

जिल्लाका लेकाली क्षेत्रका कृषकहरु निर्वाहमुखी खेतीमा आश्रित छन् । असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्‍याएपछि निराश भएको स्थानीय भरतबहादुर बोहराले बताए ।गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमाक्षति पुर्‍याएपछि निरास भएका छन् ।डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पुर्‍याएको छ भन्नेबारे जानकारी लिइदै गरेको जानकारी दिए ।