पुस्तकमा कर लगाएपछी नेविसंघ सिद्धार्थ क्याम्पसले गर्यो बुटवलमा बिरोध

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल – नेपाल विधार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस ईकाइ समिति बुटवलले नेविसंघ केन्द्रीय समितिको निर्णय बमोजिम आज क्याम्पस अगाडि ९ देखि ९: ३० सम्म विरोध कार्यक्रम गरेको छ।नेपाल सरकार मन्त्री परिसदको निर्णय बमोजिम पुस्तकमा लगाएको ज्ञानमा कर १० प्रतिशत र ईन्धनमा कर बापत १० रुपैया प्रतिलिटर र स्ववियु निर्वाचनको मिति तत्तकाल घोषणा बालुवाटार र मुद्ण प्रिन्टर खरिद अनियमितताको विरोधमा कार्यक्रम गरृको हो।

कार्यक्रममा नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेता पौडेलले सरकारले निशुल्क शिक्षा प्रदान गर्नुपर्नेमा कर लगाएर विधालाई जनताको पहुच बाहिर पुराएको र ईन्धनमा कर लगाई सरकार भष्टचारमा लिप्त रहेकोले कर फिर्ता गरि सबैको पहुचमा शिक्षा पुर्याउन आह्वान गरेका छन् ।

 

कार्यक्रम इकाई सभापती महेश शर्माको सभापतित्वमा भएको कार्यक्रमा सभापती शर्माले प्रधान्मन्त्रीले कर बढाएर मन्त्रीहरुलाई भष्टचारमा लिप्त बनाएको र विद्धवानहरुलाई किताबकोपहुच बाहिर पुराएर देशलाई भष्टारको जग्गुला लान खोजेकोमा विरोध गरि सरकारलाई तत्काल सुध्रन आग्रह गर्दै तत्काल स्ववियु निर्वाचनको मिति तय गर्न अनुरोध गरे ।कार्यक्रमको संचालन सचिव दिपक घिमिरेले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया