नेपथ्यको सांगितक प्रस्तुतीमा झुमे दर्शक

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं/ चर्चित लोक रक ब्याण्ड नेपथ्यले काठमाडौंको भृकुटीमण्डपमा शनिबार दर्शक नचाएका छन् ।

आँगनै भरि हिउँ नै झरे
आरु फूल है टिपिराखे है’गीतको बेलासँगै देखिएको नेपथ्यले एकपछि अर्को गर्दै सर्वकालिक हिट गीतहरु प्रस्तुत गरेको थियो । ‘भूकम्पले भत्काइदिएको दोलखाको सरकारी स्कुल पुनःनिर्माणका निम्ति आयोजना भएको यो कार्यक्रममा गायक अमृतले देशका धेरै बालबालिकाहरु अहिले पनि शिक्षाबाट बञ्चित रहेको उल्लेख गर्दै सबै मिलेर सबैलाई शिक्षित बनाउन हातेमालो गर्नुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङले उनको परिचित शैलीमै पछिल्लो ‘है’ लाई लेघ्रो तानेर चिच्याउँदा भृकुटीमण्डपको बगैँचामा उपस्थित हजारौं दर्शकले पनि उसैगरि उनलाई साथ दिएका थिए ।कन्सर्टमा काठमाडौंका दर्शकहरुलाई अमृतले पहिलोपटक ब्याण्डको ‘नैना ताल’ गीत सुनाएका थिए । लडाइका निम्ति विदेशिएका लाहुरेहरुले रमाइलो गर्ने बेलामा गाउँदै आएको यो गीत अमृतले उनको मामाबाट सुनेका थिए । त्यसैलाई परिमार्जन सहित नेपथ्यले आफ्नो पछिल्लो एल्बममा समावेश गरेको छ ।

झमझमी नाच्ने भाकामा तयार भएको यो गीतसँगै दर्शक पनि नाचेका थिए । कार्यक्रममा नेपथ्यले ‘छेक्यो छेक्यो’, ‘रेश्शम’, ‘भेँडाको ऊनजस्तो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलै ले’हुँदै पछिल्लो समय जताततै बज्दै आएको ‘तालको पानी’ सम्म गाएर दर्शक रिझाएको थियो । कार्यक्रममा अमृतले पैदल यात्राका क्रममा फेला परेका तथा तयार पारिएका कतिपय गीत पनि गाएर सुनाएका थिए । त्यसैबेला उनले दर्शकहरुलाई नेपाल घुम्ने सुझाव पनि दिए ।‘भूकम्पले भत्किएपछि अहिलेसम्मै निर्माणाधीन अवस्थामा रहेको दोलखाको भिमेश्वरनगरपालिका–२ स्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको सहयोगार्थ ‘हेल्प नेपाल नेटवर्क’ सँग मिलेर यो कन्सर्ट आयोजना गरिएको थियो । उदेश्य अनुसारै कन्सर्टलाई ‘शिक्षाको लागि संगीत’ नाम दिइएको थियो ।

‘यो कन्सर्टबाट उठेको रकमले अब दोलखाका स साना स्कुले नानीहरुले पढ्ने ठाउँमा छानो पाउने भएका छन्,’ हेल्प नेपाल नेटवर्कका निर्देशक रोशेन्द्रध्वज खड्काले भने, ‘संगीतलाई यसरी लोक कल्याणकारी कार्यसँग जोड्न पाएकोमा असाध्यै खुशी लागेको छ ।’दोलखाको त्यस सरकारी स्कुल पुनःनिर्माण कार्यको २०७३ चैत १५ गते नै औपचारिक उद्घाटन भएता पनि यो अझै निर्माणाधिन अवस्थामा छ । स्वीकृति प्राप्त डिजाइन मुताविक यो स्कुल भवन बनेपछि यसबाट तीनसय जना विद्यार्थीले भूकम्प प्रतिरोधी भवनमा पढ्ने अवसर पाउने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा