भैरहवाले भित्र्यायो दुई श्रीलंकाली र एक ओमानी खेलाडी

प्रकाशित मिति:

भैरहवा/चैत १ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग इपिएल का लागि साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले दुई श्रीलंकाली र एक ओमानी खेलाडी लाई टोलीमा भित्र्याएको छ।श्रीलंकाका अलराउन्डर जीवन मेन्डिज र बाँयाँ हाते ब्याट्सम्यान मिनिन्डा सिरिवर्दने र ओमानका बाँयाँ हाते बलर बिलाल खानलाई टोलीमा भित्र्याएको हो।पछिल्ला दुवै संस्करणको फाइनलमा पुगेको भैरहवाले यसअघि राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेलाई प्रशिक्षकमा नियुक्त गरिसकेको छ।राष्ट्रिय टोलीका नियमित सदस्य रहँदै आएका शरद भेसावकरको कप्तानीमा रहेको भैरहवाले वेस्ट–इन्डिजका ब्याटिङ अलराउन्डर ड्वेन स्मिथलाई पनि यसअघि नै टोलीमा समावेश गरिसकेको छ।

यो सिजनको पहिलो खेलमा भैरहवाले चैत २ गते चितवन टाइगर्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।इपिएलका लागि हामी उत्साहित छौं, र, पुबुदुको नेतृत्वमा प्रतियोगिताका लागि तयार छौं,’ भैरहवाका एक फाउन्डर आदित्य साङ्घाईले भने, ‘विश्वभरका खेलाडीहरू आउँदै छन्, टोली सन्तुलित छ।’चार वर्षपछि नेपाल फर्किन पाएकोमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदुले खुसी लागेको बताए।४ वर्षपछि फर्किँदा खुसी छु। धेरै ठूला नाम आउँदै छन्,’ उनले भने, ‘विदेशी खेलाडी सबै निश्चित भइसकेका छन्।’सन्तुलित टोली छ, ट्यालेन्टहन्टका लागि भोली भैरहवा जाँदै छु, कप्तान सरद उतै छन्,’ उनले भने, ‘पहिलो खेलभन्दा तीन दिनअघि सबै खेलाडी आइपुग्ने छन्।’