आर्थिक हिनाबिना गरेको भन्दै अध्यक्ष दिनकर नेपाल बिरुद्ध पर्यो उजुरी

प्रकाशित मिति:

स्याङजा,१८ फाल्गुण – अन्तराष्ट्रिय वालिङ—१०० माउन्टेन बाईक प्रतियोगितामा भएको आर्थिक हिनामिना गरेको भन्दै उजुरी परेको छ । गत बर्षको फाल्गुणमा भएको अन्तराष्ट्रिय माउन्टेन वाईक(walling 100 ultimate MTB challenge﴿ नामक प्रतियोगिता आयोजना गरिएको थियो । वन्डर फुल वालिङ पर्यटन विकास संस्थाका सदस्यहरुले नै आर्थिक हिनामिना भएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकाहुन् । संस्थाका अध्यक्ष दिनेश तिवारी उर्फ दिनकर नेपालले उक्त प्रतियोगिताको आम्दानी तथा खर्चको बारेमा अन्य कुनै पनि सदस्यलाई जानकारी नदिएको बताईएको छ । प्रतियोगितामा राम्रो आम्दानी भएको भए पनि घाटामा गएको भन्दै अध्यक्ष दिनकर नेपाल आयव्यय बारे अरुलाई जानकारी दिन चाहदैनन् ।  संस्थाका सदस्य गणेश राउतले वालिङ नगरपालिकामा छानबिन र कारवाहीको माग गर्दै उजुरी दिए पछि सस्था भित्रको आर्थिक हिनाबिनाको बिषय सार्बजनिक भएको हो ।

 

सदस्य राउतले जिल्ला प्रशासन तथा आन्तरिक राजस्व कार्यालयलाई समेत बोर्धाथ दिई उजुरी दिनु भएको हो । उजुरीमा अध्यक्ष दिनकर नेपाल सहितका पदाधिकारीहरुलाई कारवाहीको माग गरिएको छ । उजुरीमा साईकलिङ प्रतियोगितामा नगरपालिकाले रु १० लाख दिएको र अन्य धेरै ठाँउबाट समेत लाखौं रुपया उठेको उल्लेख छ । जसको आय व्यय गुमनाम पारेको आरोप लगाईएको छ ।त्यस्तै तदर्थ समितिको कार्यकाल ६ महिनाको हुने भए पनि लामो समय भित्र अधिबेशन नगरिएको,लेखा परिक्षण नगरिएको, भर्खरै सम्पन्न आन्तरिक पर्यटन तथा रमाईलो मेला २०७६ मा अनावश्यक बहानामा रकम खर्च गरिएको उल्लेख छ ।
केही समय पहिले संस्थाका सदस्य एवं स्थानीय पत्रकार मणि प्रसाद अर्यालले उक्त साईकलिङ प्रतियोगिताको आयव्य सार्बजनिक गर्न माग गर्दै फेसबुकमा स्टाटस नै लेखेका थिए । प्रतियोगितामा आर्थिक हिनामिना गरिएको भन्दै पत्रकार अर्यालको पोष्टमा कमेन्ट लेख्दै धेरैले चर्काे बिरोध समेत गरेका थिए । उनले तत्कालिन वण्डरफुल र अहिलेको अन्डरफुल अर्थात नराम्रो भन्ने रुपमा प्रस्तुत समेत गरेकाछन् ।

आफुलाई तथाकथित सामाजिक अभियान्ता बताउने दिनकर नेपालको आर्थिक तथा सामाजिक गतिबिधि राम्रो नभएको भन्दै केही समय पहिले वालिङ नगरपालिकाले समेत सल्लाहकारबाट बर्खास्त गरेको थियो । सामाजिक सञ्चालनमा दार्शनिक बिचार तथा पोष्ट गर्ने दिनकर नेपाललाई भारतिय आर्मीले कारवाही गरेर निकाला गरेको बताईएको छ । बिभिन्न अन्तराष्टिय एजेन्टको रुपमा काम समेत गर्ने गरेको आरोप लाग्ने गरेका उनलाई हामीले सम्पर्क गर्न खोज्दा फोनमा सम्पर्क हुन सकेन फेसबुकको मेसेन्जरमा सम्पर्कमा आएका उनले उनीमाथी लागेका आरोप गलत भएको वताएका छन् , भने मेरो चरीत्र हत्या गर्ने उदेश्यले विभिन्न गतीविधी भएको वताएका छन्  ।तर संस्था कै अन्य जिम्मेवार पदाधिकारीहरुलाई यसबारे सोधखोज गर्दा उक्त प्रतियोगिताको आर्थिक अवस्था बारे आफूहरुलाई जानकारी नभएको बताए । उनीहरुले भने हामीलाई आर्थिक पारदर्शिता र समाज बिकासको कथा सुनाउने दिनकर भ्रष्टाचारमा लिप्त रहन्छन् । यो सारै दुखद छ । केही समय पहिला उक्त संस्थाका अन्य सदस्यहरुको सक्रियतामा आयोजनामा गरिएको रमाईलो मेलामा समेत दिनकर नेपालले आर्थिक कमाई गर्न लागि परेको आरोप लागेको छ । पत्रकार अर्यालले समेत आफ्नो पोष्टमा केहि जत्थाको ढिपीका कारण समस्या आएको उल्लेख गरेकाछन् । उक्त संस्थाका एक जिम्मेवार सदस्यले भने अनुशार उक्त ढिपी गर्ने व्यक्ती उनै दिनकर नेपाल नै हुन् ।