तलव माग्दा सञ्चालकबाट कुटिए शिक्षक

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल –  कपिलवस्तुको तौलिहवामा एकजना शिक्षक सञ्चालकबाट कुटिएका छन् । कपिलवस्तु नगरपालिका वडा नं. ३ स्थित बुद्धज्योती बोर्डिङ स्कूलका शिक्षक रमेश बढईमाथि सञ्चालक प्रकाश गैरेले तलब माग्दा कुटपिट गरेका हुन् । शिक्षकलाई कुटपिट गर्ने गैरे सोही वडाका वडा अध्यक्ष समेत हुन् । बोर्डिङमा दुई बर्षदेखि कार्यरत बढईले मंसिरदेखि तलब नपाएपछि पटक–पटक माग्दै आएपनि पाएका थिएनन् । विहीबार दिउँसो तलव माग्न लेखा शाखामा गएका बढईमाथि दुव्र्यवहार गर्दै गैरेले आफ्नो बेल्ट (पेटी) फुकालेर हानेको बढईले बताए । गैरेको कुटाईबाट बढईको शरीरमा निल डाम बसेको छ ।गैरेले आफ्ना छोरा धिरजलाई समेत बोलाएर शिक्षक बढईमाथि थप आक्रमण गर्न लगाएको रमेशको भनाई छ ।

आक्रमणपछि शिक्षक बढईले स्कुलका संचालक गैरेमाथि कारबाहीको माग राख्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएका छन् । प्रहरीमा उनले दिएको जाहेरीमा सार्वजनिक हित,स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा हदैँसम्मको कारबाही माग गरिएको छ। शिक्षक बढईलाई कुटपिट गरेको आधादर्जन शिक्षकले प्रत्यक्ष देखेका बढईले बताए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक सुनिल मल्लले उजुरीमाथि अनुसन्धान भइरहेको बताएका छन् । विद्यालयका सञ्चालक एवं वडा अध्यक्ष गैरेले तलब दिन ढिलाई भएको र लेखापालसंग अभद्र व्यवहार गरेका कारण सामान्य विवाद भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा