सरकारी जग्गामा बनेका घरटहरा मन्त्रीकै उपस्थितिमा हटाइँदै

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया

cltqmldt 3/6x/f uf}zfnf, !* kmfu’g M ;/sf/L :jfldTjdf /x]sf] cltqmldt hUufdf /x]sf] 3/6x/f eTsfO{+b} . #) hgfsf] 3/ 8f]h/sf] ;xfotfn] eTsfOPsf] xf] . t:jL/ M wgjL/ dxtf]÷/f;;

जलेश्वर  –  महोत्तरी जिल्लाको गौशाला नगरपालिका–३ मा अवस्थित नेपाल सरकारको गाई गौशालाको जग्गामा वर्षौंदेखि कब्जा गरेर पक्की, अर्धपक्की तथा कच्ची घर बनाएर बसिरहेका करिब तीन दर्जन घरटहरा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालयको निर्देशनमा हटाउन थालिएको छ ।मन्त्री अर्याल आज स्वयं उपस्थित हुनु भई गाई गौशालाको जग्गा अतिक्रण गरी बनाइएको ३० घरटहरा डोजर लगाएर भत्काउन र हटाउन शुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनका अनुसार डोजर लगाएर त्यहाँस्थित १० वटाभन्दा बढी पक्की भवन, पसल, टहरा तथा अन्य प्रकृतिका घर भत्काउन शुरु गरिएको हो ।

पटकपटक चेतावनी दिँदा पनि स्थानीयले अटेरी गरेपछि अन्तिम पटकको ३५ दिने म्यादसहितको चेतावनी फागुन १२ गतेका दिन सकिएपछि शनिबार साँझ ५ बजे कुनै पनि बेला त्यहाँको घरटहरा डोजर र प्रहरी बल लगाएर हटाउन सकिने स्थानीयवासीलाई भनिएको थियो । सोही क्रममा आज विभागीयमन्त्री अर्यालयको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी खत्रीसहित व्यापकरूपमा प्रहरीसमेत त्यहाँ पुगेर अतिक्रमित जग्गाभित्र रहेका घरटहरा हटाउने काम भइरहेको छ ।यता वर्षाैँदेखि बस्दै आएका घरटहरा अचानक टुटफुट तथा भत्काउने काम हुन थालेपछि स्थानीयवासी आत्तिएका छन् भने सो बस्तीभरि रुवाबासी र खैलाबैला मच्चिएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब