राप्ती गाउँपालिका स्तरीय आधारभूत तहको परिक्षा चैत्र १० देखी

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली / दाङ – राप्ती गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ५ र कक्षा ८ को परीक्षा पालिकास्तरीय परीक्षा व्यवस्थापन समिति मार्फत आगामी चैत्र १० गतेदेखी सञ्चालन तथा व्यवस्थापन हुने भएको छ ।आईतवार बसेको परिक्षा व्यवस्थापन समितिको बैठकबाट परिक्षा सञ्चालन सम्बन्धमा कक्षा ५ र कक्षा ८ को परीक्षा, परीक्षा समय तालिका, परीक्षा केन्द्र, परीक्षा व्यवस्थापन कार्ययोजना, संस्थागत विद्यालयको हकमा परीक्षा शुल्कको विषयमा छलफल गरि निर्णय गरिएको अधिकृत बासुदेव खनालले जानकारी दिनु भएको छ ।बैठक बाट गाउँपालिका अन्तरगत शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा ५ र कक्षा ८ को अन्तिम परीक्षा सञ्चालन गर्दा सामुदायिक विद्यालय तर्फ कक्षा ५ को परीक्षाको प्रश्नपत्र गाउँपालिका स्तरीय आन्तरिक परीक्षा समितिले निर्माण गरेको प्रश्नपत्र मार्फत परीक्षा सञ्चालन गर्ने र उत्तर पुुस्तिका परिक्षणदेखि नतिजा प्रकाशन सम्मको कार्य गाउँपालिका अन्तरगत आधारभूत तह परीक्षा व्यवस्थापन समिति मार्फत सम्पन्न गर्ने र सामुदायिक तथा संस्थागत विद्यालयहरुको कक्षा ८ को प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशन सम्मको कार्य पालिकास्तरीय आधारभूत तह परीक्षा व्यवस्थापन समिति मार्फत नै सञ्चालन तथा व्यवस्थापन गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभएको छ ।

परीक्षा व्यवस्थापन समिति अध्यक्ष एवंम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकमा किरण पोख्रेल, शिवप्रसाद भुसाल, कुलराज जैसी, विक्रान्त ज्ञवाली, सोपबहादुर मल्ल, निर्मला वन्जाडे, सुनिल कुमार चौधरी, बसन्ता केसी तथा सदस्य सचिव विश्वास वि.क सहितको समितिले गरेको निर्णय अनुसार कक्षा ५ र ८ को अन्तिम परिक्षा चैत्र को १० गतेदेखी १८ गते सम्म हुने भएको छ ।
चैत्र १० देखी सुरुहुने कक्षा ८ र ५ को परिक्षामा क्रमश १० गते अंग्रेजी र गणित, ११ गते नेपाली, १२ गते विज्ञान तथा वातावरण र अंग्रेजी, १३ गते सामाजिक, १४ गते पेशा व्य र प्रविधि र विज्ञान, १७ गते ८ कक्षाको कम्प्युटर, १८ गते कक्षा ८ को स्वास्थ्य तथा नैतिक मध्यान्न १२ बजेदेखी हुने भएको छ । परीक्षा सञ्चालनको लागि कक्षा ५ को परीक्षा सम्बन्धित विद्यालयमा नै परीक्षा केन्द्र रहने र कक्षा ८ को परीक्षा बालकल्याण आ वि पहरवा, शंकर माध्यामीक विद्यालय पिपरी, शुुभदर्पण इ वो स्कूल, ज्ञानोदय मा वि पथ्थरगढवा , स्टारसम्मिट वो स्कुलको परीक्षा केन्द्र सर्वोदय माध्यामीक विद्यालय सिसहनियामा हुने भएको छ ।त्यसैगरि सर्वोदय मा वि सिसहनिया, सिदार्थ बो स्कुल मौरीघाट, दिपज्योति बो स्कुलको परिक्षा केन्द्र शंकर माध्यामीक विद्यालय पिपरीमा, मार्टिन बोडिङ स्कुल पत्थरगढवा र सरस्वती आ वि छोट्की सिसहनियाको परिक्षा केन्द्र ज्ञानोदय मा वि पथ्थरगढवामाहुने भएको छ ।

त्यस्तै विपी आधारभूत विद्यालय, जनज्योति आ वि नयाँगाउँ, नवज्योति आ वि सिरिचौर, सिरिनभ्याली बो स्कूल र जनता आ वि करंगेकोटको परिक्षा केन्द्र मा वि मौरीघाटमा गरिएको छ ।आधारभुत विद्यालय रुपाकोट, मुनलाइट बो स्कुल, पब्लिक बो स्कुल, मा वि भालुुबांग र नवप्रतिभा आ वि पाखापानीको परिक्षा केन्द्र आदर्श मा वि लालमटियामा राखीएको छ । आदर्श मा वि लालमटिया, देउखुरी भ्याली बो स्कुल, रिभरराप्ती बो स्कुलको माध्यामीक विद्यालय भालुुबाङमा परिक्षा केन्द्र तोकीएको छ ।बैठकले आधारभूत तहका परीक्षालाई समयमै मर्यादित एवंम् सहज ढंगबाट सञ्चालन गर्नको लागि शिक्षा, युवा तथा खेलकूद शाखा लाई कार्ययोजना अनुसार परीक्षाको कामलाई अगाडि बढाउन जिम्मेवारी दिईएको छ । जसमा आवेदन फाराम छपाई तथा वितरण, प्रयोगात्मक अंक प्रविष्टि सम्बन्धी विद्यालयहरुलाई अभिमुखीकरण, आवेदन फाराम सहित संस्थागत विद्यालयबाट शुल्क संकलन, रोल नं कायम र प्रवेशपत्र वितरण, नमुना प्रश्नपत्र संकलन, प्रश्नपत्र मोडरेसन, कापी र प्रश्नपत्र छपाई, कापी तथा प्रश्नपत्र प्याकेटिंग, कापी तथा प्रश्नपत्र विद्यालयसम्म पुु¥याउने, केन्द्राध्यक्ष तथा अनगमनकर्ताको खटनपटन, केन्द्राध्यक्ष तथा अनगमनकर्तालाई अभिमुखीकरण लगायतको जिम्मेवारी बाडफाड गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया