सिटी हस्पिटलमा ईआरसीपी सेवा शुरु

प्रकाशित मिति:

बुटवल/बुटवलको सिटी हस्पिटलले प्रदेश नं.५ मा पहिलोपटक ईआरसीपी सेवा शुरु गरेको छ । पित्तनलीमा भएको ढुंगा लाई चिरफार नगरी निकालिने प्रविधिलाई ईआरसीपी भनिन्छ । वीर अस्पतालमा समेत कार्यरत डा. मुकेश शर्मा र मेडिकेयर अस्पताल काठमाडौंमा कार्यरत डा.विवेक पुर्बे सम्मिलित टिमले यस क्षेत्रमै पहिलोपटक सफलतापूर्वक पित्तनलीमा भएको ढुंगा निकालेका हुन् काठमाडौं बाहिर थोरै स्थानमा मात्र ईआरसीपी सेवा उपलब्ध रहेको डाक्टर मुकेश शर्माले बताए ।

पित्त नलीको ढुंगा निकाल्न मात्र नभएर पित्त नली को क्यान्सरबाट पीडित विरामीहरुको जण्डिस कम गर्न पनि यो प्रविधि सक्षम हुने डा.विवेक पुर्बेले बताए । पेट र कलेजो रोगको उपचारलाई प्राथमिकतामा राखेको अस्पतालमा ईआरसीपी सेवा शुरु भएपछि यस क्षेत्रका विरामीहरुलाई काठमाडौं र अन्यत्र धाउनु नपर्ने अस्पतालले जनाएका छन् ।