चारजना बिरामीलाई कोरोना भाइरसको आशंकामा टेकु अस्पताल भर्ना

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ : कोरोना भाइरसको आशंकामा चारजना बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार आज आइतबार चीनबाट एकजना र कोरियाबाट तीनजना गरी

चारजनालाई भर्ना गरिएको हो । डा. बास्तोलाले भने ‘कोरोना प्रभावित देशबाट आएकाहरुलाई नियमित परीक्षण गरिएको हो ।’ भर्ना गरिएकाहरु सबै पुरुष हुन् ।हालसम्म जम्मा २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जना सकुशल घर फर्किसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया