२० लाख दान संकलन गर्दै कञ्चनमा संचालित महायज्ञ सम्पन्न

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


कञ्चन – बिश्व शान्ती जनकलयाण बैदिक सनातन धर्म जागरण एवं कर्मकाण्ड प्रशिक्षण केन्द्र भवन निर्माणका लागि कञ्चन गाउपालिका वार्ड नं. ३ झारगैरा स्थित राधाकृष्ण मन्दिर परिसरमा गत फागुन ११ गते देखि शुरु भएको आध्यात्मिक श्रीमदभागवत ज्ञान महायज्ञ आज सम्पन्न भएको छ ।दैनिक रुपमा अन्तराष्ट्रिय ख्यातीप्राप्त प्रखर युवा बिद्धान स्वामी डा. चक्रपाणी आचार्यबाट संगितमय आध्यात्मिक श्रीमदभागवत ज्ञान तथा संगितमय भजन कृतन,भागवत आराधाना पाठ परायण बाचन भइरहेको महायज्ञमा करिब २० लाख नगद र १२ लाख बराबरको २ कट्ठा भुमिदान भएको छ । महायज्ञको समापन गर्दै कञ्चन गाउपालिका वार्ड नं. ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछानेले समाजमा बिशेष पुजाआजा,बिभिन्न धार्मिक कार्यमा कर्मकाण्डका लागि बिज्ञता प्राप्त गरेका ब्यक्तिहरुको अभाव भइरहेको सन्र्दभमा राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिले बैदिक सनातन धर्म जागरण एवं कर्मकाण्ड प्रशिक्षण केन्द्र निर्माणका लागि संचालन गरेको महायज्ञ अनुकरणिय भएको बताउनु भएको छ।

आफु वडा अध्यक्ष भएको नाताले महत्वपुर्ण कार्यलाई सफल बनाउन आवस्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ।राधा कृष्ण मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष देबी प्रसाद उपाध्ययले महायज्ञमा बिभिन्न संघ संस्थाहरुबाट संस्थागत र ब्यक्तिगत रुपमा आर्थिक,भौतिक सहयोग गर्ने सम्पुर्णदाताहरुलाई धन्यबाद ब्यक्त गर्नु भएको थियो। यसैगरी बिश्व शान्ती जनकलयाण बैदिक सनातन धर्म जागरण एवं कर्मकाण्ड प्रशिक्षण केन्द्र भवन निर्माणका लागि संचालित महायज्ञ संचालन समितकिा संयोजक नन्दलाल रेग्मीले महायज्ञमा संकलित सम्पुर्ण सहयोगहरु आय ब्यय सार्बजनिक गरी लक्षित कार्यमा लगानी गर्ने बताउनु भएको छ ।कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गत फागुन ११ गते शुभारम्भ गर्नु भएकको महायज्ञमा स्थानियहरुको उलेखनिय सहभागिता संगै आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको र आशा गरेको भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको स्थानिय प्रशुराम सापकोटाले जानकारी दिनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया