युवाको सक्रियतामा मन्दिर तथा खेल मैदान निर्माण

१८ फाल्गुन २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


 

अर्घाखाँची – भूमिकास्थान नगरपालिका १० धनचौर उपल्लापाकुमा खेलकुद मैदान तथा मालिका मन्दिर निर्माण सम्पन्न भएको छ । करिब एक वर्ष अगाडि देखी रोजगारीका शिलशिलामा विदेशमा रहेका युवाको सक्रियतामा अभियान संचालन गरि जुटेको सहयोगबाट मन्दिर निर्माण भएको हो ।

मन्दिर निर्माणको अभियान चलाउँदै आएका अभियान्ता पदम आर्चायले विभिन्न सहयोग दाताबाट उठेको चार लाख भन्दा बढि रकम उठि उक्त रकमबाट मन्दिर र मैदान निर्माण भएको जानकारी दिए । ‘सामान्य प्रयास हो तर पनि नमुनाको रुपमा योजना सफल बनाएका छौं, यसले हामीलाई खुसी र थप उर्जा थपेको छ,’ उनले भने,‘मन्दिर निर्माण अभियान मा देश विदेशबाट निरन्तर साथ सहयोग मिल्यो, अझै पनि पवित्र मनले सहयोग गरिरहनु भएको छ ।’
उनले गाउँको विकासका लागि जुटे पोछि सबै कुरा गर्न सकिने रहेछ भन्ने कुरा महशुस भएको बताए । ‘यसले आफ्नो गाउँ आफै बनाऊ भने अभियानमा सार्थकता प्रदान गर्न सहयोग गरेको छ,’उनले भने,‘ सबैको सद्भाव रहे आगामी दिनमा अन्य काम गर्नको लागि पनि प्रयास रहने छ ।’
उनले हालसम्म मन्दिर निर्माणमा चार लाख खर्च भएको र बाँकी १० हजार केही दिन भित्रै मन्दिरमा मालिका माताको मुर्ति स्थापना गरिने बताए । मन्दिरलाई सुचारु गर्ने र विधि पूर्वक वडा दसैंको अवसर पारी कलश यात्रा सहित उत्घाटन गरिने जानकारी दिए ।
उनले मन्दिर तथा खेल मैदानलाई थप व्यवस्थित गर्नको लागि सहयोग गर्न इच्छुक दाताले मालिका मन्दिर निर्माण समितिको राष्ट्रिय बाणिज्य बैंक सन्धिखर्क अर्घाखाँचीमा रहेको.खाता नं ३०५०००७३२३०१ मा सहयोग रकम जम्मा गर्न सकिने जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया