छोरीहरुका लागि उनको बुबा आदर्श हुन्छन्

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


परिवर्तित समयले परिवारलाई आज एकल परिवार प्रणालीमा परिवर्तन गरिदिएको छ । सानैदेखि छोरीहरुलाई बुबाको प्यारी मानिन्छ । त्यसैले त छोरीहरुका लागि उनको आदर्श नै बुबा हुन्छन् । तर, समस्याको कुरा के छ भने विवाहपछि छोरीहरु आफ्ना श्रीमानलाई बुबाको जस्तै तौर-तरिकामा ढाल्न सक्दैनन् । छोरीहरु हरेक समय आफ्नो श्रीमानमा बुबाको तौर-तरिका खोज्ने गर्छन् ।यो समस्या त्यतिबेला अझ बढ्छ । जब उनीहरुले आफ्ना श्रीमानलाई स-साना कुराहरुमा पनि आफ्नो बुबा जस्तो नभएको भन्दै पेच हान्ने गर्छन्। विवाह भएपछि नयाँ घरमा प्रवेश गर्दा उनको मनमा अनेकौं सपनाहरुसँगै केही डर पनि रहेको हुन्छ । त्यस्तो स्थितिमा जब बुबाले आफ्नी छोरीलाई बारम्बार फोन गर्ने र छिटो-छिटो भेट्नाले छोरीको स्वभाव प्रभावित हुन्छ । बुबासँग नजिक हुनु नराम्रो कुरा होइन । तर, त्यही क्रममा आपसी सम्बन्धहरुलाई बेवास्ता गर्नु उचित होइन ।प्रेम विवाह होस् अथवा मागी विवाह, नयाँ परिवारको परिवेश एउटा युवतीको लागि अञ्जान नै हुन्छ । त्यस्तो स्थितिमा नयाँ दुलहीलाई मायाप्रेम र सौहाद्रपूर्ण वातावरण दिनु घरका प्रत्येक सदस्यको कर्तव्य हुन्छ । कहिलेकाहीँ असमझदारीले मनमुटाव उत्पन्न गराउँछ । त्यस्तो अवस्थामा पछुताउनु बाहेक अरु कुनै विकल्प रहँदैन ।परिवारमा स-साना कुराहरु भइरहन्छन् र ती कुराहरु नराम्रो पनि लाग्न सक्छ । त्यस्ता कुराहरुले रिसको झोकमा आएर कुनै पनि निर्णय लिनुभने यो गलत कुरा हो । रिसको झोकमा लिएको निर्णय गलत हुन्छ र स्थितिलाई झन् नराम्रो बनाउँछ । त्यस्तो अवस्थामा जीवनभर पछुताउनुभन्दा आफूलाई सम्भालेर निर्णय लिनु राम्रो हुन्छ । सानो कुराको गहिराईसम्म पुग्नु हुँदैन, मन शान्त भए पछि त्यो कुरामा पुनर्विचार गर्नुपर्छ ।सुरेखाको सम्बन्धविच्छेद हुने क्रममा छ । कुरा केवल यति हो, सुरेखा आफ्नो बुबाको अति नै प्यारी थिइन् । सुरेखाको विवाह भएपछि उनको बुबाले बारम्बार फोन गरिरहन्थे ।

सुरेखा र उनको श्रीमान् हनीमुनको लागि गएका थिए ।त्यो समयमा पनि सुरेखाको बुबाले रातको समयमा आफ्नो छोरीलाई फोन गर्थे र सुरेखा पनि बुबाको कुरामा यति मस्त हुन्थिन् कि उनलाई आफू हनीमुनमा आएको छु भन्ने कुरा नै बिर्सिन्थिन् ।उता सुरेखाको श्रीमान् सुरेखासँग नजिक हुनको लागि र रमाइलो समय बिताउनका लागि तड्पिँदै उनलाई पर्खिंदा-पर्खिंदै निदाउँथे।धेरै पटक श्रीमानले सुरेखालाई सम्झाउन खोजे तर सुरेखाले उल्टो श्रीमान्लाई नै दोषी बनाउँथिन् । जब सुरेखाको बुबालाई उनीहरुको त्यस्तो मनमुटावको बारेमा थाहा भयो । उनले सुरेखाका श्रीमान्लाई गाली गरेर छोरीलाई आफूसँगै घर लिएर आए । दुबै पक्षबीच असमझदारी र झगडा बढ्दै गयो र कुरा सम्बन्धबिच्छेदसम्म पुग्यो ।बुबाको माया छोरीको लागि परिवर्तित समयसँगै कम हुँदैन अझ बढ्छ । जुन नराम्रो होइन । तर, छोरीसँगको लगाब यदि उनको वैवाहिक जीवनमा कलहको कारण बनेको छ भने यो गलत कुरा हो । बारम्बार आफ्नो श्रीमानलाई मेरो बुबा जस्तै छैनौ । उहाँले यस्तो गर्नुहुन्थो, त्यस्तो गर्नुहुन्थ्यो जस्ता वाक्यले कटुता उत्पन्न गर्छ । कलहको कारण जे पनि हुनसक्छ । तर, छोरी-ज्वाईंको सम्बन्धमा बुबाको अनावश्यक हस्तक्षेप राम्रो हुँदैन । सम्बन्धका त्यस्ता स-साना कुराहरुमा ध्यान दिनुपर्छ, जसले तपाइर्ं र तपाईंको छोरीको सम्बन्ध पनि सुमधुर रहिरहन्छ । यसको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्छ ।बुबा र श्रीमानमा तुलना गर्नु हुँदैन – कहिल्यै पनि बुबा र श्रीमानबीच तुलना गर्नु हुँदैन । दुबै परिवारको परिस्थितिहरु, रहनसहनको तरिका, आम्दानीको माध्यम, परिवारमा सदस्यको संख्या भिन्दा-भिन्दै हुनुको कारणहरुले गर्दा दुबै परिवारमा समानता हुन कठिन हुन्छ भन्ने कुरालाई ध्यान दिनुपर्छ ।यदि तपाईंको बुबा कुनै कुरामा खुलेर खर्च गर्नुहुन्छ तर तपाइर्ंको श्रीमान् त्यस्तो गर्दैनन् भने त्यस कुरालाई लिएर पेच हान्ने, खिल्ली उडाउने गर्नु हुँदैन । स्वयंलाई त्यही वातावरणमा ढाल्ने प्रयास गर्नु पर्छ । त्यो तपाईंको बिगत थियो र

यो तपाईको वर्तमान हो भन्ने कुरालाई दिमागमा राख्नुपर्छ ।स्वयंलाई तयार राख्नुपर्छ – नयाँ परिवारमा तपाईंले त्यहाँको परिवेश अनुसार आफूलाई ढाल्नुपर्छ भन्ने कुरालाई मानसिक रुपले तयार हुनुपर्छ। जसले पछि समस्या हुँदैन । मनमुटाव, भनसुन हरेक सम्बन्धमा हुन्छ । सम्बन्धलाई माया र आपसी विश्वासले भर्ने कोसिस गर्नुपर्छ ।प्रेममा रहेका प्रेमीहरु होस् कि नवविवाहित दम्पती, आज सम्बन्धमा समस्या, मनमुटाव, अविश्वास, इर्ष्या, अहंकार जस्ता भावनाहरु हाबी हुन थालेको पाइन्छ। जसको नतिजा सम्बन्धहरु टुट्दैछन् । सम्बन्धको आयु छोटो हुँदै गएको छ । मानिसहरु एक-अर्कासँग लामो समय साथ रहन सकिरहेका छैनन् ।जस्तालाई त्यस्तैको भावना – जस्तालाई त्यस्तैको भावना मनमा राख्नु हुँदैन । त्यसलाई मनबाट हटाउनुपर्छ । उसले मलाई यस्तो गरेको छ । म पनि उसलाई त्यस्तै गर्छु भन्ने भावना मनमा आउनु राम्रा कुरा होइनन् । यस्तो भावनाले सम्बन्ध बन्नुभन्दा बिगार्न मद्दत गर्छ ।असुरक्षा – विवाहपछि बाबुलाई छोरीलाई कुनै समस्या हुने हो कि भन्ने कुराको चिन्ता बढ्न थाल्छ । यस्तो उनीहरु आफ्ना छोरीहरुको भविष्यको सुरक्षाप्रति सशंकित भएर गर्छन् । त्यस्तै बुबाहरुले आफ्ना छोरी-ज्वाईंको नयाँ जिन्दगीको सुरुवात भएको छ । यी दुबैले एकसाथ समय बिताउनु आवश्यक छ । जसले गर्दा उनीहरु भावी जिन्दगी सजिलै बाँच्न सकून् भन्ने कुरालाई पनि बुझ्नुपर्छ । त्यसैले दुबैलाई एक-अर्कासँग समय बिताउने मौका पूर्ण रुपमा दिनुपर्छ ।अपेक्षाहरु – महिला तथा पुरुष दुबैले एक अर्कालाई त्यस्तै स्वीकार्नुपर्छ जस्तो गर्छन् । उनीहरु धेरै समयदेखि जुन जीवनशैली बाँच्दै आएका छन् । अचानक आफूलाई परिर्वतन गर्न उनीहरुको लागि सजिलो हुँदैन भन्ने कुरा दुबैले बुझ्नु आवश्यक छ । त्यसैले आपसमा मनमुटाव राख्नु हुँदैन । एक-अर्कालाई माया र सम्मान दिनुपर्छ । एक-अर्काको भावनालाई आदर गर्नुपर्छ ।यदि तपाईं कसैको हात थाम्नु हुन्छ भने त्यसलाई निभाउन पनि जान्नुपर्छ । श्रीमान्-श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउने कोसिस गर्नुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया