कोरोना संक्रमणका कारण अमेरिकामा दोस्रो व्यक्तिको मृत्यु

प्रकाशित मिति:

एजेन्सी /कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको निधन भएको हो ।स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टीमा शनिबार एक जनाको मृत्यु भएको हो ।किर्कल्यान्डको एभरग्रीन अस्पतालमा भर्ना भएका बिरामी ७० वर्षीय पुरुष रहेको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

यसअघि शनिबार नै वासिंगटनमा एक जनाको मृत्यु भएको थियो । कोभिड–१९ का कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ र अमेरिकी नागरिकको संख्या ३ पुगेको छ । यसअघि चीनको वुहानमा रहेका एक ६० वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो ।आइतवार रातिसम्ममा अमेरिकामा कोरोना भाइरस संक्रमणको ८८ केस प्राप्त भएको थियो ।