बहुुमुखी क्याम्पसमा पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


मणिग्राम  – रूपन्देहीको मणिग्रामस्थित क्यू.ए.ए. प्राप्त संस्थाः राममणि बहुुमुखी क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थीका लागि पाठ्यक्रम तथा कक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।क्याम्पसको स्नातकोत्तर तह अन्तर्गत एम.वी.एस. र एम. समाजशास्त्रका विद्यार्थीका लागि छुट्टाछुट्टै अभिमुखीकरण कार्यक्रम सम्पन्न भएका हुन्।क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको उपस्थितिमा भएको एम.वी.एस. अभिमुखीकरण कार्यक्रममा प्राध्यापकहरूः राजेन्द्र थापामगर, बाबुराम पाण्डे,डा. अशोक भण्डारी, खुमकान्त पाण्डे, सुबोध भट्टराई लगायतले अभिमुखीकरण गर्नुभएको थियो ।एम.वी.एस. कार्यक्रमका विभागीय प्रमुख

राजेन्द्र थापामगरको अध्यक्षतमा भएको कार्यक्रममा एम.वी.एस. पहिलो सेमेष्टरका ६८ जना विद्यार्थीको सहभागिता रहेको प्राध्यापक विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।त्यसैगरी, एम.ए. समाजशास्त्र पहिलो सेमेष्टरका विद्यार्थीका लागि प्राध्यापकहरूः मोहनराज शर्मा, ताराप्रसाद पराजुली, प्रा.डा. भोजराज कडेरिया, लक्ष्मण तिमिल्सिना र वसन्तकुमार जोशीले अभिमुखीकरण दिनुभएको थियो ।एम.ए. समाजशास्त्रका विभागीय प्रमुख मोहनराज शर्माको अध्यक्षता र प्राध्यापक वसन्तकुमार जोशीको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्यालले धन्यवाद ज्ञापन गरेको लेखा अधिकृत उमेशकुमार शाहीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया