बहुउपयोगी गाँजा खेती खुला गर्न संसदमा दर्ता भयो विधेयक

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – गाँजा खेती खुला गर्नुपर्ने भन्दै संघीय संसदमा विधेयक दर्ता भएको छ । प्रतिनिधिसभामा सचिवालयमा प्राइभेट बिलका रुपमा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले आज (सोमबार) विधेयक दर्ता गराएका हुन् ।उनले गाँजा औषधीकै रुपमा प्रयोग हुने भएकाले वास्तविक किसानलाई फाइदा होस् भन्ने उद्देश्यले विधेयक दर्ता गरिएको नेपाल समयलाई जानकारी दिए । यस विषयमा विभिन्न सरकारी निकायहरुसँग पनि आफूले छलफल गरेर विधेयक तयार पारेको उनले बताए ।गाँजा खेतीको नियमन र व्यवस्थापनसम्बन्धी विधेयकमा गाँजा बहुउपयोगी भएकाले खुला गर्नुपर्ने उल्लेख छ ।

अहिले पनि गाँजा खेती भइराखेको तर त्यसबाट तस्करहरुले लाभ लिएको भन्दै यसलाई राज्यको निगरानीमा खेती गर्न र बेचबिखन गर्न पाउने गरी खुला गर्नुपर्ने विधेयकमा उल्लेख छ ।तामाङले तयार पारेकाे मस्यौदा अनुसार उत्पादन र नियन्त्रण पूर्णयता सरकारको हुनेछ । तोकिएको निश्चित प्रतिशत बाहेक क्षेत्रमा गाँजा खेती गर्न पाइने छैन। यस्तै मूल्य निर्धारण सरकारले गर्नेछ भने आन्तरिक बजारमा विक्री गर्न नपाइने पनि उल्लेख छ ।यसअघि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सांसद विरोध खतिवडालगायतले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया