प्राविधिक शिक्षामा सबैको पहुँच पुर्याउने गरी कलेज सञ्चालन गर्दै तिलोत्तमा नगरपालिका

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा –  रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिसँग सम्बन्धित बिएस्सी सिएसआईटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो । कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको छ ।सम्बन्ध पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । प्राविधिक शिक्षामा सबैको पहुँच पुर्याउने गरी नगरपालिका आफैंले कलेज सञ्चालन गर्न थालेको हो । समयक्रमसँगै कलेजलाई बहुमुखी कलेजको रुपमा विस्तार गरी अन्य संकायका कक्षा समेत सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।नगरपालिकाले कलेज भवन वडा नं. १४ को सुपौलीमा निर्माण गर्न थालेको छ । साविक नर्मदेश्वर प्राविको जग्गामा कलेज भवन बनाउन थालिएको हो । सोमबार आयोजित एक कार्यक्रमबीच कलेज भवनको नगर प्रमुख बासुदेव घिमिरेले शिलन्यास गर्नुभयो ।भवनको लागत ईष्टिमेट ५ करोड १७ लाख रहेकोमा कालिगण्डकी निर्माण कम्पनीले ३ करोड ७७ लाखमा ठेक्का पाएको नगरपालिकाका योजना प्रमुख प्रदिप वनले जानकारी दिनुभयो ।

एल आकारमा तीन तलमा निर्माण हुने भवनमा २४ कोठा रहनेगरी भवन डिजाइन गरिएको छ ।एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छ । साविक नर्मदेश्वर प्राविको समेत भौतिक संरचना भएकोले सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने नगरपालिकाको भनाइ छ ।कलेज निर्माणमा नगरपालिकाको दुई करोड र प्रदेश सरकारको समपुरकबाट दुई करोडको व्यवस्था मिलाइएको छ ।नगर प्रमुख घिमिरेले कलेजलाई नगरको गौरवको योजनाको रुपमा लिएको बताउनुभयो । तोकिएको समयमा गुणस्तरीय काम गराउन स्थानीय बासिन्दाको निगरानी समेत महत्वपूर्ण हुने बताउँदै नगर प्रमुख घिमिरेले कलेज सञ्चानले नगरकैं मुहार फेर्ने विश्वास व्यक्त गर्नुभयो ।शिलन्यास कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमाले शिक्षामा विशेष महत्व दिएको उल्लेख गर्दै कलेज सञ्चालनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई फाइदा पुग्ने बताउनुभयो । प्राविधिक शिक्षा तुलनात्मक रुपमा महंगो हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको त्यसमा पहुँच पुग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले आफैंले कलेज सञ्चालन गर्न थालेको हो ।नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा प्रदेश सदस्य अनुप बराल, वडाध्यक्ष सोहन प्रसाद चौधरीलगायतले कलेजको महत्वको बारेमा प्रकश पारेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग