मोटरसाइकल र स्कुटर जुध्याे: १ जनाको ज्यान गयाे, २ घाइते

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  राजधानीको जडीबुटीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।आइतबार राति बा ७४ प ९०६३ नम्बरको स्कुटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा काभ्रे घर भएका ३१ वर्षीय दोर्जे तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल नख्खु ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक गोरखा सिरान घर भई भक्तपुर सानोठिमी बस्ने २९ वर्षीय प्रकाश गुरूङ समेत २ जनालाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारको लागि बीर अस्पताल ट्रमा सेन्टर रिफर गरिएको छ ।यस्तै स्कुटरमा सवार रामेछाप घर भई ललितपुर ईमाडोल बस्ने २४ वर्षीय आकाश कँडेललाई नागरिक अस्पताल मिनभवन हुँदै थप उपचारका लागि केएमसी अस्पतालमा सिनामंगल रिफर गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया