दशैमा भाटभटेनीले सर्वसाधारणलाई दियो खुसि, चिनी प्रतिकेजी ५९ रुपैयाँ !

प्रकाशित मिति:

असोज २६ बुटवल । चाडपर्व सुरुभएसँगै खाद्यान्नमा मूल्य वृद्धि हुनु नेपाली बजारमा सामान्य जस्तै छ । पछिल्लो समय चिनीको मूल्यमा विवाद निकै बढेको छ । सांसदहरुले संसदमा समेत चिनीको मूल्य सुपथ बनाउन सरकारसँग अनुरोध गरेका थिए ।

तर पनि बजारमा चिनीको मूल्य न्युनतम ७० रुपैयाँमा बिक्रि भइरहेको बेलामा भाटभटेनी सुपर मार्केटले भने सुपथ मूल्यमा चिनीको बिक्रि गरिरहेको छ ।
भाटभटेनी सुपर मार्केटले प्रतिकेजी ५९ रुपैयाँमा नै बिक्री गर्दै आएको छ ।सुपर मार्केटले चिनी लगायत ४७ वटा घरायसी वस्तुलाई सुपथ मूल्यमा बिक्री गरिरहेको छ । दशैं, तिहार र छठलाई लक्षित गरि सञ्चालन गरिएको सुपथ मूल्य छठसम्म रहने भाटभटेनीले जनाएको छ ।

‘हामीले खरिद मूल्य भन्दा कममा बेचिरहेका छौं,’ भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेल भन्छन्, ‘हामीले चाडपर्वको अवसरमा ग्राहकलाई सहुलियत प्रदान गरेका हौं ।’ उनका अनुसार भाटभटेनीले चिनी प्रतिकेजी ७१ रुपैयाँमा खरिद गरिरहेको छ ।

भाटभटेनीले सम्पुर्ण सर्वसाधरणलाई सुविधा दिने उद्देश्यले एउटा बिलमा २ केजी मात्रै दिने गरेको छ । पौडेलले आफुसँग १० लाख केजी सम्म स्टक भएकाले छठसम्म पुग्ने विश्वास रहेको बताए ।

यस्तै भाटभटेनीले २० रुपैयाँ पर्ने आयो नुन पनि १८ रुपैयाँमा बिक्रि गरिरहेको छ । चना, दाल, तेल, चिया लगायतका सामानमा उसले छुट दिइरहेको छ ।