दिल्ली हिंसामा मर्नेको संख्या ४६ पुग्यो

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


 एजेन्सी  –  हप्ता दिन अगाडि भारतको राजधानी नयाँ दिल्लीस्थित उत्तर पूर्वी क्षेत्रमा भएको हिंसामा परेर मृत्यु हुनेको संख्या आजसम्म आइपुग्दा ४६ पुगेको छ।दिल्ली प्रहरीले प्रहरीले नालीमा तीनजनाको शव फेला पारेसँगै मृतकको संख्या बढेर ४६ भएको हो । भारतीय सञ्चारमाध्यामका अनुुसार हिंसामा परेर करिब दुई सयभन्दा धेरै घाइते भएका छन्।

हिंसामा हेड कन्सटेवल रतनलालका साथै एक आइबी अफिसरको मृत्यु भएको थियो ।हिंसा फैलाएको आरोपमा दिल्ली प्रहरीले २ सय ५४ जनाबिरुद्ध एफआइआर दर्ता गरेको छ भने लगभग ९०० भन्दा धेरै मानिसलाई प्रहरीले पक्राउ गरेको छ।नागरिकता संशोधन विधेयकको विरोध गरिरहेको मुश्लिम समुदाय र सीएएको समर्थनमा रहेको हिन्दुत्ववादी समूहबीच गत सोमबारदेखि हिंसात्मक झडप भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा