अमेरिकामा थप एकको मृत्यु , इन्डोनेसियामा पनि कोरोनाभाइरस

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  इन्डोनेसियामा पनि कोरोना भाइरसको सङ्क्रमण भेटिएको समाचार छ । इन्डोनेसियामा सोमबार यस भाइरसको सङ्क्रमण भेटिएको समाचारमा जनाइएको छ । विश्वको चौथो धेरै जनसंख्या भएको देश इन्डोनेसियामा पहिलो पटक दुई जना इन्डोनेसियाली नागरिकमा यो भाइरसका सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँकी एकजना ६४ वर्षीया महिला र उनकी ३१ वर्षीया छोरीमा यस भाइरसको सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरु अहिले राम्रो अवस्थामा रहेका जाकार्तामा रहेको एक अस्पतालले जानकारी दिएको छ ।ती दुई जना जापानबाट मलेसिया हुदै इन्डोनेसिया फर्किएका थिए ।

उता संयुक्त राज्य अमेरिकामा भने थप एकजनाको यस भाइरसका कारण मृत्यु भएको छ । एकजना ७० वर्षीय अमेरिकी नागरिकको सो भाइरसको प्रकोपबाट निधन भएको बताइएको छ । वासिङ्टन राज्यको किङ काउन्टीमा उनको ज्यान गएको बताइएको छ । उपचाररत ती ७० वर्षीयको आइतबार निधन भएको र कोरोना भाइरसको सङ्क्रमणबाटै उनको निधन भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।किङ काउन्टी करिब ७ लाख जनसंख्या भएको नगर हो । यहाँका स्वास्थ्य अधिकारीका अनुसार गत शनिबारमात्र पनि एकजनाको ज्यान गएको थियो । उनको पनि वासिङ्टन राज्यकै एक अस्पतालमा निधन भएको थियो । यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि दुई जनाको ज्यान गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग