कोरोनाको संक्रमणबाट बच्न यस्ता सावधानी उपनाउनुहोस

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं-  विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने रु केही टिप्स

१ घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाँडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा  तथा फेस मास्क अनिवार्य लगाऔं

२एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनस् दोहर्याएर प्रयोग नगरौं वा दैनिक सफारपरिवर्तन गरौंं ।

३ घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै हटाइ नयाँ प्रयोग गरौंं । घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौं तथा दैनिक रुपमा सफा राखौं ।

४ घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौं वा खोलीसकेपछिरबन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔं वा ज्बलम क्बलष्तष्शभच को प्रयोग गरौं ।

५ ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔं वा ज्बलम क्बलष्तष्शभच को प्रयोग गरौं ।

६ घरका सबै सदस्यले आ(आफ्नै टुथब्रस, थालीरप्लेट, चम्चा प्रयोग गरौं । नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौ ।

७ सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौं । नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसंग पकाएर मात्र खाने गरौं ।

८ रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौंं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔंं ।

९ घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानौ राखौ । मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौं ।

१० एक पटक प्रयोग भइसकेका भान्छाकोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रो संग धोएर पुनस् प्रयोग गरौं ।

११ खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसंग हात धोऔं ।

१२ यदी कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔं । घरमा छुट्टै क्ष्कयबितष्यल च्ययm मा राखी उपचार गरौंं । बिरामीको स्याहार सुसार गर्दा बिशेष सतर्कता अपनाऔ । मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौंं ।

१३ दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं । सकभर काँचो खानेकुराहरु नखाऔ । शरीर सफा राखौं र सफा कपडा मात्र प्रयोग गरौंं । यदी रुघाँखोकी, ज्वरोसंगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौं ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण