अध्ययन र घुम्नका लागि विदेश नजान सरकारको अनुरोध

प्रकाशित मिति:

काठमाडौं– कोरोना भाइरसको विश्वव्यापी रुपमै बढिरहेको प्रकोपबाट बच्न सरकारले आत्यावश्यक अवस्थामा बाहेक सामान्य कामका लागि विदेश भ्रमणमा नजान अनुरोध गरेको छ । सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्ययन तथा घुमफिरका लागि विदेश नजान सर्वसाधारणलाई अनुरोध गरे । परराष्ट्रमन्त्री ज्ञवालीले अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘नो अब्जेक्स लेटेर’ पनि तत्कालका लागि स्थगित गरिने पनि जानकारी दिए ।नो अब्जेक्सन लेटर नभएपछि वैदेशिक अध्ययनका लागि भिसा लागिसकेका विद्यार्थीले समेत अब विदेश उड्न पाउने छ्रैनन् ।सरकारले भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनलाई पनि नियमित राख्ने जानकारी दिए ।