न्यु लाइट कलेजमा कर अभिमुखीकरण कार्यक्रम सम्पन्न

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा  –  न्यु लाइट कलेज शंकरनगरमा कर सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कलेजको बि.बि.एस तहमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख ध्रुवराज ज्ञवाली र

कर अधिकृत लेखनाथ रेग्मिले सहजीकरण गर्नुभएको थियो ।आय कर, रोजगारिको आय,लगानि सम्बन्धि आय, ब्यावसायिक आय,अन्त शुल्क, लाभ कर, मुल्य अभिबृद्धि कर लगायतका बिषयमा प्रशिक्षण दिइएको छ ।

न्यु लाइट कलेजका क्याम्पस प्रमुख रमेश ज्ञवालीको अध्यक्षता, शैक्षिक संयोजक राजेन्द्र कुंवरको संचालन र शंकर गौतमको संयोजनमा कार्यक्रम सम्पन्न भएको शिक्षक प्रभात पौडेलले जानकारि दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया