कसले गरायो अन्तरिक्षमा बिस्फोट

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – बैज्ञानिकहरुले अन्तरिक्षमा एउटा ठूलो बिस्फोट भएको रहस्य पत्ता लगाएका छन् । पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनै पनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ। एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको पुष्टि भएको वैज्ञानिकहरूले दावी गरेका छन् । सो विस्फोटले ओफिउकस ग्यालेक्सी समूहमा विशाल भ्वाङ्ग पारेको थियो। यो समूहमा हजारौँ ग्यालेक्सीहरू तातो ग्यास र ‘डार्क म्याटर’ ले बाँधिएर रहेको मानिन्छ।पृथ्वीबाट टेलिस्कोपहरूले एउटा घुमाउरो किनारा देखेका थिए जसलाई वैज्ञानिकहरूले एउटा ब्ल्याक होलबाट ग्याँस उत्सर्जन हुने खोक्रो स्थानको भित्ता रहेको हुनसक्ने अनुमान समेत गरिएको छ ।

ग्यालेक्सीभन्दा १५ गुणा ठूलो कालो भ्वाङ एउटा अकल्पनीय विस्फोटको प्रमाण भएको वैज्ञानिकहरुले दावी गरेका छन् ।यसलाई अस्ट्रेलियाको ‘मर्चिसन वाइडफील्ड एर्रे’ र भारतको ‘जाएन्ट मिटरवेभ रेडियो टेलिस्कोप’ बाट प्राप्त नयाँ तथ्याङ्कले समेत विस्फोटकै कारण भएको पुष्टि गरेको छ ।तर बिस्फोट कसरी र के कारणले भयो भन्नेबारे केही पनि नखुलाइएको बीबीसीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा