बिहानै शंख बजाउँदा हुने ११ फाइदा

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


हिन्दुधर्ममा शंख वा शंखध्वनीको निकै धेरै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम विना शंखध्वनी अधुरो हुन्छ । तर शंख किन बजाइन्छ रु र यसको फाइदा के होला रु यसबारे भने धेरैलाई जानकारी नहुन सक्छ । शंख बजाउनुको खास अर्थ, महत्व र फाइदा छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये शंख एक थियो । सोहि बेलाबाट हिन्दु धर्ममा शंखको खास महत्व रहन गएको हो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेका छन् । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने मान्यता रहेको छ ।

अरु के के छन् त शंख राख्नु र बजाउनुको फाइदा

१। शंख घरमा राख्नु वा बजाउनु शास्त्र अनुसार शुभफलदायक हुन्छ ।
२। शंख बजाउँदा पैदा हुने ध्वनीले वातावरणमा रहेको हानिकारक जीवाणु नष्ट हुन्छ ।
३। शंख बजाउँनेहरुको फोक्सोको व्यायाम हुन्छ । यसले फोक्सोमा लाभ दिलाउँछ ।
४। दमका रोगीलाई पनि शंख बजाउँनु लाभदायक हुन्छ ।
५। शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुन्छ ।
६। शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउँछ ।
७। वास्तु अनुसार शंखमा घरमा सकारात्मक उर्जा प्रवाह गर्ने शक्ति हुन्छ ।
८। कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुन्छ ।
९। एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्छ ।
१०। शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउँछ ।
११। शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर कपाल धोएमा बलियो, मुलायम र बाक्लो हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग