१० वर्षे बालकको तौल १९३ केजी

१९ फाल्गुन २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


औसतमा १० बर्षको कुनै बालकको तौल कति होला । पक्कै पनि २५र३० किलोग्राम वा बढिमा ३५ केजी सम्म होला । तर विश्वमा एक यस्ता बालक पनि छन् जसको वजन १० बर्षको उमेरमा १ सय ९३ किलोग्राम थियो । त्यति मात्र होइन जहाँ वयस्क मानिसको वजन ६०र७० किलोग्राम हुन्छ ती बालकले आफ्नो शरीरबाट १ सय १० किलोग्राम वजन त घटाएका मात्र छन् । इण्डोनेशिका आर्या परमानाले मात्र चार बर्षको अवधिमा एक सय १० किलोग्राम वजन घटाएका छन् । विश्वको सबैभन्दा मोटो बालकका रुपमा दर्ज भएका आर्याको वजन सन् २०१६ मा १० बर्षको हुदाँ १ सय ९३ किलोग्राम थियो । अहिले उनको वजन घटेर ८३ किलोग्रामको छ ।
यसरी वजन घटाएपछि आर्याको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनका अभिभावकका अनुसार जन्मदा आर्या साढे तीन किलोग्रामका थिए ।

आठ बर्षसम्म उनमा कुनै अस्वभाविक परीवर्तन देखिएन तर जब आर्या आठ बर्षका भए उनमा एकाएक भोक बढ्यो र उनी ज्यादा खान थाले । जसका कारण उनको वजन मात्र दुई बर्षमा बढेर १ सय ९३ किलोग्राम पुग्यो र उनी विश्वको सबैभन्दा मोटो बालकका रुपमा दर्ज भए । आर्याका पिताका अनुसार आफ्नो वजन घटाउन आर्याले निकै कडा मेहनत गरे । आफ्नो डाइट र व्यायाममा लगनका साथ काम गरे । यसका अलावा उनको एक पटक बैरिएट्रिक सर्जरी समेत भइसकेको छ । उनको अझै दुई पटक सर्जरी हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा