आज देशभरको मौसम सफा रहने

प्रकाशित मिति:

काठमाडौं/आज देशभरको मौसम सफा रहनेछ । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकोले मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ ।तराईका क्षेत्रमा मौसम सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभाग आंशिक बदली रहने मौसमविदले बताएका छन्  तराईका क्षेत्रमा मौसम सामान्यतय सफा रहने छ । मध्य तथा पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा राति मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।