पर्यटकलाई लोभ्याउदै मूर्तिकला कार्याशाला

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री / बागलुङ – बागलुङ गलकोट नगरपालिका ५ टेउवामा सञ्चालन भइरहेको अन्र्तराष्ट्रिय मूर्तिकला कार्याशालाको अवलोकन गर्न विभिन्न ठाँउबाट आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । गत फाल्गुन ५ देखि शुरु भएको मूर्तिकला कार्याशालामा जापान,इटाली, इजरायल ,फ्रान्स, युक्रेन,ताईवान , क्यानडा , भारत,चिन,ब्राजिल र नेपाल सहित ११ देशका १५ जना अन्र्तराष्ट्रिय ख्याति प्राप्त मुर्तिकारहरुले स्वतन्त्र रुपमा विभिन्न प्रकारका मुर्ति निर्माण गरिरहेका छन् ।त्यस्तै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले गलकोट कला प्रतिष्ठानको संयोजन भैरहेको अन्र्तराष्ट्रिय मुर्तिकला कार्याशालालाई प्रदेश र केन्द्र सरकारको सहयोगले कार्याशाला सफल भएको भन्दै आफ्नो स्रोत र साधन अनुसार स्थानीय सरकारले पनि कार्याशालालाई गलकोट नगरपालिकाको एउटा पर्यटकीय गन्तव्य बनाउन क्रमागत रुपमा आर्थिक सहयोग गर्ने बताए ।त्यस्तै गलकोट अन्र्तराष्ट्रिय मुर्तिकला कार्याशालाका कोषाध्यक्ष यम बहादुर श्रीसले कार्याशालाको लागि १ करोड ४१ लाख,

७२ हजार बराबरको खर्च लाग्ने अनुमान गरिएको बताउदै कार्याशालामा मुर्तिकलाको प्रत्यक्ष अवलोकन गर्न दैनिक सयौ आन्तरिक पर्यटकहरु कार्याशाला आउने गरेको बताए ।साथै मुर्तिकलाको लागि नेपालका हिमाली र पहाडी क्षेत्र अलौकिक र अनुपम ठाँउको रहेको भन्दै नेपालका पहाडी ढुङ्गाहरु आफैमा कलाले भरिएको र त्यसमा मानवीय कला भोर्न पाउदा फरक अनुभूति लागेको अन्र्तराष्ट्रिय ख्याति प्राप्त इटालीका मुर्तिकार बेतिनो फ्रान्सेनीले बताए ।गाँउमा १७ दिन सम्म चल्ने अन्र्तराष्ट्रिय मुर्तिकला कार्याशाला मार्फत विभिन्न किसिमका मुर्तिहरु निर्माण हुनेछन् । मुर्तिहरुलाई भावी दिनमा खुल्ला मुर्तिकला सङग्रहालय निर्माण गरेर साँस्कृतिक कलाको अध्ययन अनुसन्धानस्थल र पर्यटकीय गन्तव्यको रुपमा वृद्धि विकास गर्ने उद्देश्य रहेको गलकोट अन्र्तराष्ट्रिय मुर्तिकला कार्याशालाका अध्यक्ष पूर्ण बहादुर रानाले बताए ।

त्यस्तै गलकोट अन्र्तराष्ट्रिय मुर्तिकला कार्याशालाका संयोजक ओम खत्रीले हरेक कलाकारका आ–आफ्ना अनुभवका आधारमा मर्ति निर्माण हुने भन्दै कार्याशालाका निर्माण भैरहेका मुर्तिहरुमा मानवीय भावना र संस्कृतिलाई उजागर गर्ने खालका मुर्तिहरु निर्माण भैरहेको जानकारी दिए ।साथै संयोजक खत्रीले भने गलकोट क्षेत्रलाई राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरसम्म परिचित बनाउन मुर्तिकला कार्याशाला मार्फत अन्र्तराष्ट्रिय मुर्तिकला कार्याशालाबाट निर्माण गरिएका विभिन्न प्रकारका मुर्तिलाई खुल्ला मुर्तिकला सङग्रहालय निर्माण गरेर साँस्कृतिक कलाको अध्ययन अनुसन्धानस्थल र पर्यटकीय गन्तव्यको रुपमा वृद्धि विकास गर्ने सोच रहेको बताए ।फागुन २१सम्म अर्थात बुधवार चल्ने कार्याशाला सञ्चालनको लागि स्थानीय सरकार,प्रदेश सरकार एवं केन्द्र सरकार एवं विभिन्न संघ संस्था एंव व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया