अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं / अमेरिका–कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ ।वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो ।अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टी अस्पतालमा भर्ना भएकामध्ये ६ जनाको मृत्यु भएको हो।अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ ।

संक्रमण फैलने दर उच्च भएपछि कोरोनाको महामारी रोक्न आवश्यक सबै उपाय अबलम्बन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य अधिकारीहरुलाई निर्देशन दिएका छन् ।