मोदीले गरे सामाजिक सञ्जाल त्याग्ने घोषणा

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी /भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै सामाजिक सञ्जाल नचलाउने घोषणा गरेका छन्।सोमबार साँझ सामाजिक सञ्जालमार्फत नै उनले फेसबुक, ट्वीटर, यूट्यूब र इन्स्टाग्राम त्याग्ने घोषणा गरेका हुन्।आगामी आइतबारदेखि सामाजिक सञ्जाल त्याग्ने उनले घोषणा गरेपनि मोदीका समर्थकले भने सामाजिक सञ्जाल नत्याग्न सुझाव दिएका छन्।

मोदीको फेसबुकमा करिब ४ करोड, ट्वीटरमा ५ करोड र इन्स्टाग्राममा ३ करोड फलोअर्स छन् भने यूट्यूब च्यानलमा ४ करोड सस्क्राइबर छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया