स्मरण शक्ति बढाउने प्राकृतिक खाना खानुहोस्

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – दिमाग बोधो भएका मानिसहरुलाई बुद्धिमानी र तिक्ष्ण हुने हुटहुटी हुन्छ। तुलानात्मकरुपमा तिक्ष्ण मानिसहरु पनि अझ बुद्धिमानी हुन चाहान्छन् ।तर कसैले चाहेकै भरमा तिक्ष्णता हासिल गर्न सक्ने अवस्था छैन । जन्मदाको अवस्था, हावापानी, खानपान तथा वंशाणुगत गुणले समेत बौद्धिकतामा असर पार्छ ।यद्यपी हामीले खानपानमा बिचार पुर्‍याउन सके पनि मस्तिष्कलाई ताजा राख्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् ।त्यस्ता केही अध्यनहरुले मष्तिष्क तिक्ष्ण राख्न दिइएका सुझावमा समावेश गरिएका केही खानेकुराहरुको सूची यस्तो छ ।स्याउ – स्याउ सेवन गर्दा दिमागमा रहेका न्युरोन्सलाई एक प्रकारको अक्सिडेसनबाट बचाउँछ । दिमागमा हुने क्रिकुन तन्तुहरूको मृत्यु न्युरोन्स र अक्सिडाइनको सुजनबाट हुने गर्दछ ।जसबाट अल्जाइमरजस्ता भयानक रोग लाग्ने गर्दछ । स्याउको नियमित सेवनले अल्जाइमर हुनबाट जोगाउन सक्छ ।जामुन – जामुनमा शरीरलाई आवश्यक एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । जामुन खाँदा दिमागमा आउने खराबीका साथै बिर्सने रोगबाट बचाउँछ ।ओखर – ओखर मुटु र दिमाग दुवैका लागि राम्रो मानिन्छ । यसका साथै सबै ओखरजन्य वस्तु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।ओखरमा विशेषगरी अल्फा लिनोलेनिक एसिड, जुन ओमेगा फ्याटी एसिडको प्रकार हो, ले दिमागको संज्ञानात्मक ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।बेसार – हाम्रो शरीरमा रहेका न्यूरोनहरू वयस्क अवस्थामा नष्ट हुँदै जान्छन् र पुनः उत्पादन हुन्छन् ।

यस्तो प्रकियालाई न्यूरोट्रोफिक कारक अथवा बिडिएनएफ भनिन्छ ।बेसार यस्तो वस्तु हो, जसले बिडिएनएफको दरलाई बढाउनुका साथै मस्तिष्कमा आउने जोखिमबाट समेत जोगाउँछ ।गोलभेँडा – गोलभेँडा दिमागमा रहेका तन्तुहरूमा आउने समस्याको अचुक औषधि हो । मस्तिष्कले सही रूपमा काम गरिराख्नका लागि तन्तुहरू सक्रिय हुनु आवश्यक हुन्छ ।गोलभेँडामा पाइने विशेष प्रकारको एन्टिअक्सिडेन्टले मस्तिष्कका लागि बडिगार्डको काम गर्दछ ।ब्रोकाउली – अध्ययनका अनुसार हरियो पात भएका सागसब्जीले मानसिक सन्तुलन बनाइराख्न सहयोग गर्दछ । ब्रोकाउलीमा पाइने भिटामिन ए, के, फुलिट, लुटिन र फाइबरले मस्तिष्कलाई सक्रिय राख्दछन् ।प्याज – प्याज फोलिक एसिड र भिटामिन बीको राम्रो स्रोत मानिन्छ । यसले ब्रेनमा हुने रगतको प्रवाहलाई सक्रिय बनाइराख्न मद्दत गर्दछ । जुन डिप्रेसनसँग जुधिरहेका मानिसका लागि पनि लाभदायी हुन्छ ।साल्मोन माछा – साल्मोन माछा अर्को स्मरण शक्ति बढाउने सबै भन्दा उपयुक्त खाद्य वस्तु हो । साल्मोनमा ओमेगा फ्याटी प्रचुर मात्रामा पाइन्छ ।जसले दिमागका नसानसामा छिटो रगत सर्कुलेसन गर्न सहयोग गर्दछ । यस्तै यसमा पाइने एक प्रकारको बिटा एमिलाइड नामक प्रोटिनले अल्जाइमर हुनबाट बचाउँछ ।यसअतिरिक्त हरियो सागपात, गाँजर, चना, पनिरजस्ता दुग्धजन्य खानेकुरा पनि तिक्ष्ण मष्तिष्कका लागि उपयुक्त मानिने विभिन्न अध्यनहरुमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा