यी हुन घरेलु उपाय कपाल बढाउने

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – कपाल बाक्लो, नरम र कालो होस् भन्ने कसलाई रहर नहोला । कपालले मानिसको सुन्दरताको पनि पहिचान गराउँदछ । कपालले मानिसको व्यक्तित्वका बारेमा अनेकौं सन्देश दिने गर्दछ ।महिलाहरुको लागि त कपाल सुन्दरताको गहना नै भनिन्छ । त्यसकारण हामी सबै सुन्दर, कालो र लामो कपाल चाहन्छौं । तर कतिपयको कपाल एकदमै ढिला बढ्ने समस्याबाट हैरान छन् । केही घरेलु् विधि अपनाएर कपाललाई बढाउन सकिन्छः- करिब तीन मिनेटसम्म यसरी मसाज गर्नुपर्ने हुन्छ । यस्तो मसाजले टाउकोमा रक्तसञ्चार बढाउँछ र छिटो कपाल बढ्छ । – कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने र कमजोर हुनेलगायत समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

– सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । अनि, उक्त तेललाई हल्का तताउनुपर्छ ।- सो मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ ।कपालको जरासम्म पुग्नेगरी सर्कुलर मोसनमा मसाज गर्न आवश्यक छ ।मेथी र दही – कपाल झर्ने समस्याबाट छुटाकार पाउन मेथी गुणकारी हुन्छ । मेथीलाई एकरातभरि पानीमा भिजाउने । त्यसपछि दहीमा मिलाएर पेष्ट तयार पार्ने । मेथी र दहीको पेष्ट कलापको जरासम्म लगाउने । यसलाई एक घन्टासम्म रहन दिने । यस्तो गर्नाले कलापको जरामा फाइदा पुग्ने र त्यसले कपालमा हुने चायालाई पनि हटाउँछ । मेथीमा निकोटिनिक एसिड र प्रोटीन पाइन्छ । जसले कपालको जरासम्म पोषण पुगाइ कपाल उर्मान मद्दत गर्छ ।उर्द (कालो) दालको पेष्ट – कलो दाल अर्थात उर्दको दालको बाहिरी बोक्रालाई उमालेर पिस्ने । र त्यसबाट बनेको लेपलाई कलापमा राति सुत्नुभन्दा अगाडि कपालको जरासम्म पुग्ने गरी लगाउने ।

लेप लगाइ सकेपछि सुत्ने बेला कपडा फोहोरो नहोस् भनेर तौलियाले बाँधेर सुत्नुहोस् ।यो प्रक्रिया तपाईले लगातार केही दिनसम्म गर्नुपछ । त्यसपछि कलाप आफै उमर्न थाल्छ ।हरियो धनियाको पेस्ट – हरियो धनियाको पेस्ट बनाएर टाउकोमा लगाउँदा कपाल झर्ने समस्या हट्न सक्छ । हरियो धनियाको पेष्ट कपाल झरेको स्थानहरूमा लगाउनु पर्छ । यो कार्य एक महिनासम्म गर्नुपर्छ । त्यसपछि यसले आफ्नो काम गर्न सुरू गर्छ ।केरा र कागती – एक कोशा केरामा कागतीको रस मिसाएर पेष्ट बनाउने । त्यसलाई कपालमा लगाउने । यसले पनि कलाप उमार्न मद्दत गर्छ । यसले कलाप झर्ने समस्यालाई पनि कम गराउँछ ।प्याज – ठूलो प्याजलाई बीचबाट काटेर कपाल झरेको स्थानमा राखेर हल्कासँग चलाउने । यो कार्य प्रत्येक दिन छ मिनट गर्नुपर्छ । यसले कलाप झर्ने समस्या अन्त हुनुका साथै नयाँ कपाल उमर्न थाल्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया