सिद्धबाबा भनिने कृष्णदास गिरीलाई कारगार चलान

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


जबरजस्ती करणीको मुद्दा लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई कारगार चलान गरिएको छ।उच्च अदालतको आदेशमा मंगलबार बिहान १२ बजेतिर जिल्ला अदालत सुनसरीमा उपस्थित भएका गिरीलाई पुर्पक्षमा राखेर अनुसन्धानका लागि झुम्का कारागार पठाइएको स्रेस्तेदार नगेन्द्र केसरी पोखरेलले जानकारी दिएका छन् ।अदालतामा उपस्थित हुन आएका गिरीलाई थुनुवा पूर्जी दिएर कारागार पठाइएको उनले जानकारी दिएका छन् ।

गत ४ कात्तिकमा बलात्कार गरेको किटानी जाहेरी परेपछि गिरीलाई १६ मंसिमा सुनसरी प्रहरीले पक्राउ गरेको थियो ।जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेका गिरीलाई यसअघि जिल्ला अदालत सुनसरीले तीन लाख धरौटीमा छोड्न आदेश दिएको थियो । उच्च अदालतले उक्त आदेश बदर गर्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन भनेको थियो । त्यसपछि उनी मंगलबार अदालतमा हाजिर भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया