सेफर्ड कलेजको विविध कार्यक्रम सम्पन्न

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


 काठमाडौं – सेफर्ड कलेजको पूर्व विद्यार्थी सम्मान, विदाई तथा नयाँ बिद्यार्थीलाई स्वागत कार्यक्रम सोमवार काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै पूर्वाञ्चल विश्व विद्यालयका डिन शम्भु कुमार कोइरालाले सेफर्ड कलेजले पत्रकारिता र प्रविधिलाईसँगै जोडेर अध्यापन गर्दै आएकोमा प्रशंसा गर्दै सेफर्डको योगदान सिंगो विश्व विद्यालयकै उपलब्धीको रुपमा रहेको बताउनुभएको थियो । कोइरालाले प्रविधिको परिकल्पना पूर्विय दर्शनले अगाडि देखी नै गर्दै आएको भए पनि त्यो ज्ञानलाई लुकाएर राख्नाले पश्चिमेली मुलुकले फाइदा उठाएको बचाउनुभयो। ‘आफ्नै धर्म दर्शनमा परिकल्पना गरिएको प्रविधिको उपभोगमा हामी दुई शताब्दी पछाडि परेका छौं,’ उनले भने,‘अब ढिलै भए पनि सेफर्ड जस्ता कलेजले व्यावहारिक सिप र ज्ञानको विकासमा योगदान दिएका छन् ।’

डिन कोइरालाले पत्रकारिताको प्राज्ञिक ज्ञान हासिल गरिसके पछि पत्रकारिता गर्नेहरु नैतिकतामा बसेर पत्रकारिता गर्नको लागि आधार स्थापना हुने भन्दै पत्रकारिताको शिक्षामा जोड दिनुभएको थियो । कार्यक्रममा बोल्दै सेफर्ड कलेजका अध्यक्ष विश्वनाथ प्रसाद साहले सेर्फडले विद्यार्थी र समयको माग अनुसार पाठ्यक्रम परिवर्तन र नयाँ प्रविधिको प्रयोगमा जोड दिँदै आएको बताउनुभयो । अध्यक्ष साहले कलेजले मिडिया क्षेत्रका लागि अझै पनि दक्ष जनशक्तिको कमी महसुस गरि सक्षम र योग्य संचारकर्मीको उत्पादनका लागि लागि परेको बताउनु भयो । ‘मिडियामा प्रयाप्त संभावनाहरु छन् तर त्यसका लागि आवश्यक दक्ष जनशक्ति पाउन गाह्रो छ,’ उहाँले भन्नुभयो,‘हामी संचार माध्यमको त्यही अभावलाई पुरा गर्ने जनशक्ति जन्माउन प्रयासरत छौं ।’

उहाँले सेफर्ड कलेजलाई संचालन गर्ने डिभी ग्रुपको माताहतमा धेरै संचार माध्यमहरु भएको र यसबाट उत्पादित जनशक्तिलाई सोही ठाउँमा व्यवस्थापन गर्ने योजना बनाएको बताउनुभयो । उहाले भन्नुभयो, ‘हामीले आफैलाई आवश्यकता पर्दा चाहेको जनशक्ति पाएका छैनौं, हामी चाहान्छौं हाम्रा उत्पादन हामीसँगै जोडिएर काम गरुन् ।’कार्यक्रममा बोल्दै सेफर्डका प्रबन्ध निर्देशक तरुण प्रसाद साहले सफर्डले अगाडि भावी सारेका योजनाका बारेमा जानकारी गराउनुभएको थियो । साहले भन्नुभयो ,‘सेफर्डलाई हामी कलेज मात्र हैन प्रयोग र अनुसंन्धानको थलो बनाउन चाहान्छौं ।’कार्यक्रममा विविध सांगितिक कार्यक्रम प्रस्तुती हुनुका साथै फोटो प्रतियोगिताको विजयी घोषणा, पूर्व विद्यार्थी सम्मान, विदाइ तथा नयाँलाई स्वागत गरिएको थियो । कार्यक्रम संचालक द्वय कविता शर्मा र सञ्जु पौडेलले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब