आजदेखी घरेलु साना तथा औद्येगिक महोत्सव पुर्व सन्ध्यामा मोटरसाईकल याली

प्रकाशित मिति:

बुटवल, २० फागुन ।  आजदेखी बुटवलमा प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव सञ्चालन हुँदैछ ।
नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा गर्न लागिएको प्रादेशिक स्तरको महोत्सवको उद्घाटन प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले गर्नेछन् ।  करिब ३ सय स्टलको सहभागिता रहेको मेलाको सम्पूर्ण तयारी पुरा भएको प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्माले जानकारी दिईन् ।चैत १२ गते सम्म सञ्चालन हुने मेला महिलाको नेतृत्वमा भएको पहिलो मेला भएकोले सहयोग गर्न सबैलाई आग्रह गरीन् ।  महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा रहेको संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले बताईन् ।

महोत्सवको पुर्वसन्ध्यामा याली  लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सव सफल पार्नको लागि महोत्सवको पुर्वसन्ध्यामा मंगलबार मोटरसाईकल याली सम्पन्न भएको छ । मेला स्थलबाट शुरु भएको याली जोगिकुटी, कालिकानगर, चौराहा, मिलनचोक, बसपार्क, अस्पताललाईन, अमरपथ, खानेपानी संस्थान हुँदै गोलपार्क पुगि पूनः मेला स्थलमा फर्किएको थियो ।  मेलाको शुभारम्भको अवसरमा बिभिन्न संस्थाथाका यालीहरु पनि आउने आयोजकले जनाएको छ ।
महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहने छ ।  पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ । महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ । एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल हुने छ ।