आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला २१ वर्षीया युवती

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


महोत्तरी  –  भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीमा एक २१ वर्षीया विवाहित महिला आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन्।राकेश झाँकी पत्नी कञ्चन झा मंगलबार बिहान आफ्नै घरमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अस्वभाविक र शङ्कास्पद मृत्युको खबर पाएलगत्तै प्रहरीले प्रकृति मुचुल्का बनाई शव परीक्षणका लागि जलेश्वर अस्पताल

पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।भङ्गाहा–५ स्थित सीतापुर प्रहरी चौकीबाट १०० मिटर नजिक नै यो घटना भएको हो । घटनास्थलमा पुगेको प्रहरी टोलीलाई घरका परिवारले भुण्डिएको अवस्थामा आफूहरुले देख्दा उपचार हुनसक्ने ठानेर बन्धन काटेर झार्दा मृत्यु भइसकेको बताएका छन् । परिवारले कञ्चनले आत्महत्या गरेकी दाबी गरिरहेका छन् । प्रहरीले अनुसन्धान थालेको जनाएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब