अर्थमन्त्री डाक्टर युवराज खतिवडाले दिए राजीनामा

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं  –  अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले सम्हाल्दै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट समेत अर्थमन्त्री खतिवडाले राजीनामा दिएका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएकाले मन्त्री खतिवडाले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् राजीनामा दिएका हुन् ।

राष्ट्रियसभा सदस्यको पदावधि सकिएपछि खतिवडाले राजीनामा दिएका हुन् ।खतिवडा राष्ट्रियसभा सदस्य नरहेपनि ६ महिना पुनः मन्त्री बन्न सक्ने संवैधानिक प्रावधान भएकाले उनलाई पुनः अहिलेकै जिम्मेवारीमा नियुक्त गर्ने तयारी गरिएको छ । उनले भोली नै मन्त्री पदको सपथग्रहण गर्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया