तामाको भाँडोमा राखेको पानी नियमित सेवनबाट हुन्छ स्मरणशक्ति बलियो

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – प्रायजसो व्यक्तिले तामाको भाँडामा राखेको पानी पिउँदा राम्रो हुन्छ भन्ने गर्छन् । तर, तामाको भाँडोमा राखेको पानी पिउँदाका फाइदाबारे थोरै व्यक्ति मात्र जानकार हुन्छन्। हिन्दु परम्पराअनुसार तामालाई पवित्र धातु मानिन्छ।त्यसैले परम्परादेखि पूजापाठ तथा धार्मिक काममा तामाका भाँडा प्रयोग गरिँदै आएको हो।धार्मिक हिसाबले मात्र नभएर वैज्ञानिक अध्ययनले पनि तामाको भाँडोमा राखेको पानी स्वास्थ्यका लागि फाइदाजनक हुने देखाएको छ।वैज्ञानिक अध्ययनअनुसार तामामा क्यान्सरविरुद्ध लड्ने तत्वहरु रहेको हुन्छ। यसको नियमित सेवनबाट क्यान्सर हुने संभावना न्यून हुन्छ।त्यस्तै आयुर्वेदकका अनुसार पनि तामाको भाँडोमा राखेको पानी पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। रातभर तामाको भाँडोमा राखेको पानी बिहानपख खालि पेटमा पिउँदा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ।यसका फाइदा यस्ता छन् :तौल घटाउन – तौल घटाउनका लागि फल र सागपातलाई आहारमा समावेश गरेर तपाईं थाकिसक्नुभएको छ

भने तामाको भाँडोमा राखिएको पानी दिनदिनै पिउने गर्नुस् । तामामा पाचनतन्त्रलाई आकारमा ल्याउने क्षमता हुन्छ । यसले शरीरमा छिट्टो र प्रभावकारी तरिकाले बोसो घटाउन मद्दत गर्छ ।बुढ्यौलीको लक्षण रोक्न – तामामा एन्टीअक्सिडेन्ट हुन्छ जसले कोषिकाको झिल्लीलाई सुरक्षित राख्छ । यसले उमेर बढ्ने गतिलाई ढिलो बनाउँछ । तामाको भाँडोमा पानी पिउँदा अनुहारमा मुजा पर्ने समस्या आउँदैन । अनि अनुहारमा भएका मृत छाला पनि भाग्छन् ।घाउ भर्न – तामामा एन्टीब्याक्टेरियल र एन्टीभाइरल गुण भरपूर हुन्छ । यसले घाउ छिट्टो भरिन्छ । तामाले शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ अनि पेटमा हुने अनेकौं आन्तरिक संक्रमणको उपचार गर्छ ।क्यान्सर कम – शरीरमा भएका कणले क्यान्सर कोशिकालाई विकसित गर्छन् ।तामामा भएको शक्तिशाली एन्टीअक्सिडेन्ट गुणले यी कणहरूलाई समाप्त पारिदिन्छन् र शरीरमा तिनको नकारात्मक प्रभावलाई कम गरिदिन्छन् । दिनदिनै तामाको भाँडोमा पानी पिउनुस् ।

मेलेनिन वृद्धि – तामाले मेलेनिनको निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । मेलेनिनले नै आँखा, छाला र कपालको रंग दिने हो । शरीरलाई सूर्यको कडा किरणबाट बचाउन र घाउ निको पार्न मेलेनिन आवश्यक हुन्छ ।रक्ताल्पता – शरीरमा रगतको कमी हुँदा थकान, मांसपेशीमा पीडा, कमजोरी र पाचन समस्या जस्ता लक्षण देखापर्छन् । तामाको भाँडोमा पानी पिउँदा फाइदा हुन्छ । तामाले शरीरमा कोषिका निर्माण गर्छ र रगतको कमी पूरा गर्छ ।मिर्गौला र कलेजो – शरीरको आन्तरिक सफाइका लागि तामाको पानीले सहायता गर्छ । यसले मिर्गौला र कलेजोलाई स्वस्थ राख्छ । तिनीहरूलाई संक्रमणबाट बचाउनका लागि तामाको पानी लाभदायक हुन्छ ।थाइरोइड ग्रन्थि – तामामा खनिज पदार्थ भरपूर हुन्छ । यसले थाइरोइड भगाउँछ । थाइरोइड ग्रन्थिलाई सही कार्यान्वयन गराउन तामाले मद्दत गर्छ ।स्मरणशक्ति बलियो – तामाले दिमागलाई उत्तेजित गरेर त्यसलाई सक्रिय बनाउन मद्दत गर्छ । दिनदिनै तामाको भाँडोमा पानी राखेर पिउँदा स्मरणशक्ति बलियो हुन्छ र दिमाग स्वस्थ रहन्छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा