ब्याडमिन्टन स्टार प्रिन्सको वरियतामा सुधार

२० फाल्गुन २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
7 Shares


काठमाडौं/ विश्व ब्याडमिन्टन महासंघ बीडब्लुएफको जुनियरतर्फको विश्व वरियतामा नेपालका प्रिन्स दाहाल शीर्ष १० मा उक्लिएका छन् । मंगलबार सार्वजनिक बीडब्लुएफको वरियतामा उनी एक स्थान सुधार गर्दै १० औं सथानमा उक्लिएका हुन् । यसअघि उनी ११ औं स्थानमा थिए ।सन् २०१९ मा दुबई जुनियर च्याम्पियनसिपमा स्वर्ण जितेपछि एकाएक १०३ औं स्थानबाट ५४ औं स्थानमा उक्लिएका उनले त्यसपछि खेलेका प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष १० सम्म आइपुगेका हुन् ।

यो नै नेपाली खेलाडीको जुनियरतर्फको अहिलेसम्मको माथिल्लो वरियता हो । अहिले उनी जुनियर सिरिजका लागि नेदरल्यान्ड्स र जर्मनी यात्रामा छन् । नेपाली खेलाडी पहिलो पटक युरोपमा खेल्न गएका हुन् ।जुनियरतर्फ शीर्ष स्थानमा भने फ्रान्सका क्रिस्टो पोपोभ छन् भने दोस्रो र तेस्रो स्थानमा भारतका मेइराबा लुबाङ र बरुण कुपर रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया