ओपन गल्फ प्रतियोगिता शुक्रबारबाट 

प्रकाशित मिति:

काठमाडौं/हुन्डाई ओपन गल्फ प्रतियोगिता आउँदो शुक्रबार र शनिबार हुने भएको छ । आयोजक लक्ष्मी हुन्डाईले विज्ञप्तिमार्फत् प्रतियोगिता शुक्रबार शुरु भएर शनिबर सम्पन्न हुने जनाएको हो ।खेल १८ होलमा खेलाइनेछ । त्यसमा एमेचर खेलाडीले स्टेबल फोल्ड फर्म्याटमा ३ बाई ४ हयान्डी क्यापमा खेल्नेछन् ।गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगितामा नेपालका १ सय ३० गल्फरले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उपाधि विजेता, फस्ट रनरअप, सेकेन्ड रनर अप, बेस्ट ग्रस, महिलाफर्त विजेता, सिनियर विजेता ६० बर्षमाथिका जुनियर विजेता ९१७ बर्ष उमेर मुनीका र वनर्स क्याटागोरी, लङ्गेस्ट ड्राइभ, कोलोजेस्ट टु दि पिन, मोस्ट बडिज् क्याटागोरीमा विजेता घोषित हुनेछन् ।‘होल इन वान’ विजेताले पुरस्कार स्वरुप एक हुन्डाई ग्रान्ड आई १ मेग्ना गाडी प्राप्त गर्नेछन् ।