सिंगापुर रेडक्रसको उत्कृष्ट अवार्डबाट कल्पना सम्मानित !

२६ आश्विन २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
12 Shares


असोज २६ काठमाडौँ । सामाजिक अभियन्ता कल्पना क्षेत्रीले सिंगापुर रेडक्रसवाट यस वर्षको उत्कृष्ट अवार्ड प्राप्त गरेकी छिन् ।
सिंगापुरका राष्ट्रपति हालिमाहयाकोब मार्फत प्रादान गरिएको उक्त अवार्ड रेडक्रसका अध्यक्ष टि टु वाले वितरण गरेका थिए ।
२०७२ सालको भूकम्प पछि सिंगापुर रेडक्रसका लागी नेपाल प्रतिनीधि भई पुर्ननिर्माणका कार्यहरुमा विशेष योगदान दिएको भनी उक्त अवार्ड प्रदान गरिएको रेडक्रसले जनाएको छ ।

विहिवार सिंगापुर रेडक्रसको मुख्यालयमाआयोजित अवार्ड वितरण समारोहमा राष्ट्रपति याकोबद्धारा विभिन्न देशका समाजिक अभियन्तालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

ललितपुर स्थितप्रारम्भ नामक गैरसरकारी संस्थाकी अध्यक्ष समेत रहेकी क्षेत्रीले पछिल्लो समय शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र वातावरणको क्षेत्रमा सेवामूलक कार्य गर्दै आएरहेकी छिन् ।

प्रारम्भ सिंगापुर रेडक्रससंग सहकार्य गरी नेपाल सरकारको पूर्ननिर्माण महा अभियानमा विशेष भुमिका खेलिरहेको एक विकास साझेदार संस्थाहो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया