९ कक्षासम्मको परीक्षा चैत ५ भित्र सक्न निर्देशन

प्रकाशित मिति:

काठमाडौं / संसारभर कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले चैत ५ गतेभित्र कक्षा ९सम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ।मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको हो। मन्त्रालयको विज्ञप्तिमा कोरोना भाइरस संक्रमणबाट सतर्कता अपनाउन आग्रह गरेको छ। सँगै विद्यालयमा कुनै पनि सभा र कार्यक्रम आयोजना नगर्न आह्वान गरिएको छ।

‘विश्वभर कोरोना भाइरस को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने अवस्था गर्न गराउन तथा विद्यालयमा सभा, सभारोह, वार्षिक उत्साव लगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।सरकारले विद्यालय शिक्षा परीक्षा एसईईचैत ६ देखि १५ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरेको छ।